जाजरकोटमा खुकुरी प्रहार गरेर भागेका दुई जना काठमाडौँबाट पक्राउ
सोमबार, २६ जेठ २०८२, १० : ५०
सारांश
- जाजरकोटमा एक व्यक्तिलाई बाँधेर खुकुरी प्रहार गर्ने दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको छ।
- पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिकाका दिपेन्द्र सिंह र तप्त सिंह छन्।
- उनीहरुलाई कीर्तिपुरबाट पक्राउ गरिएको र जाजरकोट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
काठमाडौँ । जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह छन् ।
उनीहरूलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
आरोपीहरू विरुद्ध जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जाजरकोट प्रहरीले जेठ २२ मा उनीहरूलाई पक्राउ गरिदिन पत्राचार गरेको एसपी आचार्यले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण