जाजरकोटमा खुकुरी प्रहार गरेर भागेका दुई जना काठमाडौँबाट पक्राउ
सोमबार, २६ जेठ २०८२, १० : ५०

समाचार सारांश
- जाजरकोटमा एक व्यक्तिलाई बाँधेर खुकुरी प्रहार गर्ने दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको छ।
- पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिकाका दिपेन्द्र सिंह र तप्त सिंह छन्।
- उनीहरुलाई कीर्तिपुरबाट पक्राउ गरिएको र जाजरकोट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
काठमाडौँ । जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह छन् ।
उनीहरूलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
आरोपीहरू विरुद्ध जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जाजरकोट प्रहरीले जेठ २२ मा उनीहरूलाई पक्राउ गरिदिन पत्राचार गरेको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला
-
लुम्बिनी प्रदेशले ल्यायो अघिल्लोभन्दा कम बजेट, कृषि क्षेत्रलाई उच्च प्राथमिकता
-
बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)
-
श्रेयसीले जितिन् ‘मिस एसईई इटहरी’को ताज