जन्मदिन मनाउन व्यस्त छन् राजेश हमाल : कति पुग्यो उमेर ?
_9jux9k9bgm_4fQNSobMly.jpg)
समाचार सारांश
- अभिनेता राजेश हमाल आफ्नो ६१ औं जन्मदिन मनाउँदैछन्, जो ४ दशकदेखि अभिनयमा सक्रिय छन्।
- हमालले फिल्म, म्युजिक भिडियो, विज्ञापन र चलचित्रमा काम गरेका छन् र २०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।
- उनले आफ्नो जीवनी पुस्तकमा बाल्यकाल, अभिनय यात्रा, जीवन र सामाजिक विषयवस्तु प्रतिको धारणा समेट्दै छन्।
काठमाडौँ । अभिनेता राजेश हमाल करिब ४ दशकदेखि अभिनयमा सक्रिय छन् । उनको कलाकारिता प्रतिको जोस र जाँगर अहिले पनि घटेको छैन । त्यसैले उनको उमेर कति भयो होला ? सबैको चियो र चासोको विषय हो ।
हमाल भने अहिले ६१ वर्ष पुगेका छन् । उनी आज सोमबार आफ्नो ६१ औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । उनलाई फ्यान, शुभचिन्तक र साथीभाइ सबैले बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् ।
पुलिस अफिसर, भरिया, गाउँले किसान, टुहुरो, पालेदाइ, मजदुर र व्यवसायीदेखि महिलाको भूमिकासम्म अभिनय गरेर दर्शक रिझाउन सफल हमाल बेला बेलामा सामाजिक कर्ममा पनि देखिने गरेका छन् ।
फिल्म ‘युगदेखि युगसम्म’बाट अभिनयमा देखिएका हमालको पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ केही सातादेखि प्रदर्शनरत छ । हमाल फिल्ममा मात्र सिमित छैनन् । उनले म्युजिक भिडियो, विज्ञापन र चलचित्रमा पनि प्रशस्तै काम गरेका छन् । २ सय बढी फिल्ममा अभिनय गरिसकेका र लामो समय यसै क्षेत्रमा बिताएकोले उनलाई ‘महानायक’ को रूपमा पनि चर्चा गरिन्छ ।
कलाकारितामा देखिएको बाहेक अन्य के हुन् हमाल ? भन्ने सबैको चासाको विषय हो । जसको जवाफ हमाल आफैँले दिँदैछन् । उनले आफ्नो सोच, विचारदेखि विद्रोहसम्म सबथोक समेटिएको जीवनी पुस्तकमा ल्याउँदैछन् ।
‘जीवनमा मेरो बाल्यकाल, मेरो हुर्काइ, फिल्मको अहिलेसम्मको यात्रा सबै आउँछ,’ हमालले भने, ‘यो बाहेक पनि जीवन प्रतिको धारणा, राजनीतिप्रतिको धारणा, दर्शन अन्य सामाजिक विषयवस्तु प्रतिको धारणा लगायत धेरै कुरा समावेश छ ।’
पब्लिकका लागि यो रोचक सामग्री हुने विश्वास उनले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा : परीक्षामा अख्तियार
-
रोनाल्डोको आँसु, यामलको सङ्घर्ष र मार्टिनेजको भविष्यसँग गाँसिएको नेसन्स लिग
-
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
-
सहरी विकास मन्त्रालयको बजेट वृद्धिप्रति शंका छ, कारण खोज्छौँ : नेता पुन
-
राज्यका निकायले चिन्ने नागरिकता दिन गैरआवासीय नेपालीहरूको माग
-
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी