जन्मदिन मनाउन व्यस्त छन् राजेश हमाल : कति पुग्यो उमेर ?
सारांश
- अभिनेता राजेश हमाल आफ्नो ६१ औं जन्मदिन मनाउँदैछन्, जो ४ दशकदेखि अभिनयमा सक्रिय छन्।
- हमालले फिल्म, म्युजिक भिडियो, विज्ञापन र चलचित्रमा काम गरेका छन् र २०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।
- उनले आफ्नो जीवनी पुस्तकमा बाल्यकाल, अभिनय यात्रा, जीवन र सामाजिक विषयवस्तु प्रतिको धारणा समेट्दै छन्।
काठमाडौँ । अभिनेता राजेश हमाल करिब ४ दशकदेखि अभिनयमा सक्रिय छन् । उनको कलाकारिता प्रतिको जोस र जाँगर अहिले पनि घटेको छैन । त्यसैले उनको उमेर कति भयो होला ? सबैको चियो र चासोको विषय हो ।
हमाल भने अहिले ६१ वर्ष पुगेका छन् । उनी आज सोमबार आफ्नो ६१ औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । उनलाई फ्यान, शुभचिन्तक र साथीभाइ सबैले बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् ।
पुलिस अफिसर, भरिया, गाउँले किसान, टुहुरो, पालेदाइ, मजदुर र व्यवसायीदेखि महिलाको भूमिकासम्म अभिनय गरेर दर्शक रिझाउन सफल हमाल बेला बेलामा सामाजिक कर्ममा पनि देखिने गरेका छन् ।
फिल्म ‘युगदेखि युगसम्म’बाट अभिनयमा देखिएका हमालको पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ केही सातादेखि प्रदर्शनरत छ । हमाल फिल्ममा मात्र सिमित छैनन् । उनले म्युजिक भिडियो, विज्ञापन र चलचित्रमा पनि प्रशस्तै काम गरेका छन् । २ सय बढी फिल्ममा अभिनय गरिसकेका र लामो समय यसै क्षेत्रमा बिताएकोले उनलाई ‘महानायक’ को रूपमा पनि चर्चा गरिन्छ ।
कलाकारितामा देखिएको बाहेक अन्य के हुन् हमाल ? भन्ने सबैको चासाको विषय हो । जसको जवाफ हमाल आफैँले दिँदैछन् । उनले आफ्नो सोच, विचारदेखि विद्रोहसम्म सबथोक समेटिएको जीवनी पुस्तकमा ल्याउँदैछन् ।
‘जीवनमा मेरो बाल्यकाल, मेरो हुर्काइ, फिल्मको अहिलेसम्मको यात्रा सबै आउँछ,’ हमालले भने, ‘यो बाहेक पनि जीवन प्रतिको धारणा, राजनीतिप्रतिको धारणा, दर्शन अन्य सामाजिक विषयवस्तु प्रतिको धारणा लगायत धेरै कुरा समावेश छ ।’
पब्लिकका लागि यो रोचक सामग्री हुने विश्वास उनले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण