फिल्म ‘एक्लो’ ले सार्वजनिक गर्यो सुनिल र एवनको क्यारेक्टर लुक्स
सारांश
- फिल्म 'एक्लो' ले अभिनेता सुनिल थापा र एवन राज उप्रेतीको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ।
- प्रदीप शाहीको निर्देशनमा बनेको यो साइन्स फिक्सन फिल्मको पोस्ट प्रोडक्सन लन्डनमा भइरहेको छ।
- कान्समा स्टल राखेर मार्केटिङ गरेपछि फिल्म 'एक्लो' को चर्चा बढेको छ, प्रदर्शन मिति तोकिएको छैन।
काठमाडौँ । फिल्म ‘एक्लो’ ले अभिनेता सुनिल थापा र एवन राज उप्रेतीको क्यारेक्टर लुक्स बाहिर ल्याएको छ । निर्माण युनिटले फिल्मको दुई फरक फरक पोस्टरमार्फत चरित्र लुक्स बाहिर ल्याएको हो ।
यसअघि फिल्मका कलाकार प्रदीप खड्का, विजय लामा, दिया पुन, बेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्म प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो ।
हाल फिल्मको लन्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ । केही हप्ताअघि मात्र फिल्म ‘एक्लो’ ले कान्समा स्टल राखेर मार्केटिङ गरेको थियो । कान्सपछि ‘एक्लो’ को चर्चा बढेको छ ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवनराज उप्रेती,त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।
फिल्मको प्रदर्शन मिति तोक्न बाँकी छ । फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण