कर्णाली प्रदेश
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षीद्वारा संसद् अवरुद्ध
सोमबार, २६ जेठ २०८२, १६ : २४

समाचार सारांश
- कर्णाली प्रदेशमा माओवादी केन्द्रले बजेट निर्माणमा योजना छनोट प्रक्रियाको विरोध गर्दै संसद अवरुद्ध गरेको छ।
- माओवादी सांसद विन्दमान विष्टले योजना इन्ट्री गर्ने विधिमाथि प्रश्न उठाएका छन् र चित्तबुझ्दो जवाफ नआएसम्म सदन चल्न नदिने बताए।
- सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छिन्।
सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा योजना छनोट प्रक्रियामा गलत काम भइरहेको भन्दै माओवादीले सोमबारको बैठक अवरुद्ध गरेको हो ।
माओवादी सांसद विन्दमान विष्टले योजना बैँकमा योजना इन्ट्री गर्ने विधिमाथि नै प्रश्न उठाए । चित्तबुझ्दो जवाफ सरकारले नदिएसम्म सदन चल्न नसक्ने चेतावनी उनले दिए । सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशका ‘माननीय’ले बजेटमा कस्ता–कस्ता आयोजना मागे ?
-
बाबर आजमले पहिलोपटक बिग ब्यास लिगमा खेल्ने
-
मार्क्रमको शानदार शतक, वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि नजिक दक्षिण अफ्रिका
-
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम
-
इजरायलमा गरिएको इरानको हमलामा कम्तीमा ४० जना घाइते, २ जनाको अवस्था गम्भीर
-
लस एन्जलस प्रदर्शनको नालीबेली