प्रधानमन्त्री कार्यालयको चेतावनीपछि गृहले गर्यो ३७ कर्मचारीको काज फिर्ता (सूचीसहित)

समाचार सारांश
- गृह मन्त्रालयले ३७ कर्मचारीलाई काज फिर्ता गरेको छ। अधिकांश उपत्यका बाहिर दरबन्दी भई उपत्यकामा कार्यरत थिए।
- फिर्ता हुनेमा उपसचिव, शाखा अधिकृत, नायब सुब्बा लगायत छन्। राष्ट्रिय विपद् प्राधिकरण र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत थिए।
- प्रधानमन्त्री कार्यालयले गृहसचिवलाई काजमा रहेका कर्मचारीलाई दरबन्दीमा पठाउन र कारबाहीको चेतावनी दिएको थियो।
काठमाडौँ । गृह मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ कर्मचारीको काज फिर्ता गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार ती कर्मचारीको काज फिर्ता गरिएको हो ।
काज फिर्ता हुने अधिकांश उपत्यका बाहिर दरबन्दी भएर उपत्यकामा बस्ने कर्मचारी छन् ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले रातोपाटीलाई उपलब्ध गराएको सूचीअनुसार काज फिर्ता हुनेमा ६ उपसचिव, १५ शाखा अधिकृत, १२ नायब सुव्वा, एक कम्प्युटर अपरेर र एक सहायक कम्प्युटर अपरेटर छन् ।
काजमा रहेका ५ उपसचिव मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा बसेका थिए । यसैगरी अर्का एक जना सिंहदरबारमै रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा काजमा थिए ।
प्रधानमन्त्री कार्यालयले गृहसचिव गोकर्णमणि दुवाडीलाई जेठ २१ गते पत्र लेख्दै काजमा रहेका कर्मचारीलाई दरबन्दीमा पठाउन र नपठाएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा आदेश आउन ढिलाइ, अदालतबाहिर नाराबाजी
-
अनेरास्ववियुको मतगणनामा कडरियाको सुरुवाती अग्रता
-
रूकुम पश्चिममा पानी बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
-
सिंहदरबार बोलाइएको विषयमा भण्डारीको स्पष्टीकरण: ‘व्यक्तिगत भेटघाट मात्र हो’
-
भारतीय विमान दुर्घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त
-
रियलमा आबद्ध हुनु ‘सपना पूरा भएको क्षण’