प्रधानमन्त्री कार्यालयको चेतावनीपछि गृहले गर्यो ३७ कर्मचारीको काज फिर्ता (सूचीसहित)
सारांश
- गृह मन्त्रालयले ३७ कर्मचारीलाई काज फिर्ता गरेको छ। अधिकांश उपत्यका बाहिर दरबन्दी भई उपत्यकामा कार्यरत थिए।
- फिर्ता हुनेमा उपसचिव, शाखा अधिकृत, नायब सुब्बा लगायत छन्। राष्ट्रिय विपद् प्राधिकरण र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत थिए।
- प्रधानमन्त्री कार्यालयले गृहसचिवलाई काजमा रहेका कर्मचारीलाई दरबन्दीमा पठाउन र कारबाहीको चेतावनी दिएको थियो।
काठमाडौँ । गृह मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ कर्मचारीको काज फिर्ता गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार ती कर्मचारीको काज फिर्ता गरिएको हो ।
काज फिर्ता हुने अधिकांश उपत्यका बाहिर दरबन्दी भएर उपत्यकामा बस्ने कर्मचारी छन् ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले रातोपाटीलाई उपलब्ध गराएको सूचीअनुसार काज फिर्ता हुनेमा ६ उपसचिव, १५ शाखा अधिकृत, १२ नायब सुव्वा, एक कम्प्युटर अपरेर र एक सहायक कम्प्युटर अपरेटर छन् ।
काजमा रहेका ५ उपसचिव मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा बसेका थिए । यसैगरी अर्का एक जना सिंहदरबारमै रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा काजमा थिए ।
प्रधानमन्त्री कार्यालयले गृहसचिव गोकर्णमणि दुवाडीलाई जेठ २१ गते पत्र लेख्दै काजमा रहेका कर्मचारीलाई दरबन्दीमा पठाउन र नपठाएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण