भिजिट भिसा प्रकरणलाई निष्कर्षमा पुर्याइ छाड्छौँ : साेविता गाैतम
बुधबार, २८ जेठ २०८२, १८ : १५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका विषयलाई निष्कर्षमा पुर्याइ छाड्ने स्पष्ट पारेकी छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्याइ नछाड्ने स्पष्ट पारेकी हुन् ।
उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँच बुँदे ड्राफ्ट तयार पारेर छलफलमा लगेपनि सत्तारुढ दलले नमानेको बताइन् । माओवादीले ल्याएको ड्राफ्ट आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले आफूहरू पाँच बुँदे ड्राफ्टमा अडिक रहेको बताइन् ।
उनले रास्वपाले सदन अवरुद्ध गरेको नभई जनताको मुद्दा समाधान गर्नका लागि बाटो खोजिरहेको समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
-
तीनकुने घटना: बीस हजार धरौटीमा छुटे पुष्कर खतिवडा, अन्य काे–काे छुटे ?
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश