तीनकुने घटना
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
शुक्रबार, ३० जेठ २०८२, ०२ : ३८

समाचार सारांश
- काठमाडौं जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ र उनको क्यान्सर अस्पतालमा उपचारको व्यवस्था गर्न पनि भनेको छ।
- तीनकुने घटनामा प्रसाईंसँगै अन्य ७ जनालाई थुनामा पठाउने आदेश दिइएको छ भने ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
- अधिवक्ता स्वागत नेपालका अनुसार, अदालतको इतिहासमा यस्तो प्रकारको आदेश पहिलो पटक भएको हो, जसमा थुनामा रहेका व्यक्तिको उपचारको व्यवस्था मिलाउन भनिएको छ।
काठमाडौँ । अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको क्यान्सर अस्पतालमा उपचारको व्यवस्था मिलाउन समेत आदेश गरेको छ। तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले यस्तो आदेश गरेका हुन् ।
यसअघि क्यान्सरबाट पीडित प्रसाईँलाई थुनामा पठाउने आदेशसँगै उपचारको लागि अस्पताल लैजान आदेश भएको हो ।
अदालतको इतिहासमा यस्तो घटना पहिलो पटक भएको प्रसाईँको तर्फबाट अदालतमा बहस गरेका अधिवक्ता स्वागत नेपालले बताए । थुनछेक बहसकाे आदेशमा यस्ताे प्रकारकाे आदेश पहिलाे पटक भएकाे उनले बताए ।
आज थुनछेक बहस सम्पन्न ३९ जना मध्ये प्रसाईँसँगै ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली प्रस्तुति दिँदै चाहना प्रधान
-
केदारनाथको भीरमा घाँस काट्दै गर्दा १४ वर्षीया करिनाको मृत्यु
-
भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा चर्को विवाद
-
गृह र सामान्य प्रशासन सचिवद्वारा दरबन्दी बेगर कर्मचारी राखेको स्वीकार
-
१० बजे, १० समाचार : डिल्लीबजार कारागारमा प्रसाईंदेखि रमेश लेखकलाई राहतसम्म
-
१ लाख २० हजार नगद सहित १२ जुवाडे पक्राउ