तीनकुने घटना
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
शुक्रबार, ३० जेठ २०८२, ०२ : ३८
सारांश
- काठमाडौं जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ र उनको क्यान्सर अस्पतालमा उपचारको व्यवस्था गर्न पनि भनेको छ।
- तीनकुने घटनामा प्रसाईंसँगै अन्य ७ जनालाई थुनामा पठाउने आदेश दिइएको छ भने ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
- अधिवक्ता स्वागत नेपालका अनुसार, अदालतको इतिहासमा यस्तो प्रकारको आदेश पहिलो पटक भएको हो, जसमा थुनामा रहेका व्यक्तिको उपचारको व्यवस्था मिलाउन भनिएको छ।
काठमाडौँ । अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको क्यान्सर अस्पतालमा उपचारको व्यवस्था मिलाउन समेत आदेश गरेको छ। तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले यस्तो आदेश गरेका हुन् ।
यसअघि क्यान्सरबाट पीडित प्रसाईँलाई थुनामा पठाउने आदेशसँगै उपचारको लागि अस्पताल लैजान आदेश भएको हो ।
अदालतको इतिहासमा यस्तो घटना पहिलो पटक भएको प्रसाईँको तर्फबाट अदालतमा बहस गरेका अधिवक्ता स्वागत नेपालले बताए । थुनछेक बहसकाे आदेशमा यस्ताे प्रकारकाे आदेश पहिलाे पटक भएकाे उनले बताए ।
आज थुनछेक बहस सम्पन्न ३९ जना मध्ये प्रसाईँसँगै ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण