तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश गरेका हुन् ।
२०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईँ सहित ३९ जना प्रहरीको हिरासतमा थुनामा थिए ।
प्रसाईँ विरुद्ध सरकारले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिएको थियो।
प्रसाईँको तर्फबाट बरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी, टंक दुलाल, डा। भिमार्जुन आचार्य, बालकृष्ण न्यौपोन, सुशिल पन्त, लव कुमार मैनाली, अधिवक्ता दिपेन्द्र झा, रेनुका देवी सिटौला, दिवश खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले सहित चार जनाले प्रतिवादी तर्फका कानुन व्यवसायीले उठाएको प्रश्नको जवाफ दिएका थिए । तीनकुनेमा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले चैत १५ मा प्रदर्शन आयोजना थिए । प्रदर्शन स्थलमा आगजनीमा परेर पत्रकार सुरेश रजक र प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ बस्ने २९ वर्षीय सविन महर्जनले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण