अनेरास्ववियु २४ औँ महाधिवेशन
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
शुक्रबार, ३० जेठ २०८२, ०० : ५३
_d8IzrAdGIY.jpg)
समाचार सारांश
- नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी निर्वाचित भए।
- महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबीम बाबु खान विजयी भए ।
- अध्यक्षमा सुजन कडरिया ७ मतको अन्तरले विजयी, जम्मा १ हजार ४ सय ५० मत खसेको थियो ।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय खुला उपाध्यक्षमा विकास श्रेष्ठ र महिला तर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा दीपक धामी र उप महासचिवमा कमल जोशी निर्वाचित भएका छन् । केन्द्रीय सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबीम बाबु खान विजयी भएका छन् ।
यसअघि अध्यक्ष पदमा सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।
१ हजार ५ सय ५१ मतदाता रहेको अखिलमा १ हजार ४ सय ५० मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु
-
मार्बुको कालिका माविमा इको क्लब गठन
-
‘पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ’
-
इनफिनिक्स नेपालद्वारा दुई चर्चित गेमिङ टिमसँग सहकार्य
-
मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली प्रस्तुति दिँदै चाहना प्रधान
-
केदारनाथको भीरमा घाँस काट्दै गर्दा १४ वर्षीया करिनाको मृत्यु