अनेरास्ववियु २४ औँ महाधिवेशन
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
शुक्रबार, ३० जेठ २०८२, ०० : ५३
सारांश
- नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी निर्वाचित भए।
- महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबीम बाबु खान विजयी भए ।
- अध्यक्षमा सुजन कडरिया ७ मतको अन्तरले विजयी, जम्मा १ हजार ४ सय ५० मत खसेको थियो ।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय खुला उपाध्यक्षमा विकास श्रेष्ठ र महिला तर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा दीपक धामी र उप महासचिवमा कमल जोशी निर्वाचित भएका छन् । केन्द्रीय सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबीम बाबु खान विजयी भएका छन् ।
यसअघि अध्यक्ष पदमा सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।
१ हजार ५ सय ५१ मतदाता रहेको अखिलमा १ हजार ४ सय ५० मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण