शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

बद्री पंगेनीकी छाेरी बिहानी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध चयन

बुधबार, २८ जेठ २०८२, १९ : २३
बुधबार, २८ जेठ २०८२

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको सचिवालय सदस्यमा बिहानी पंगेनी निर्विरोध चयन भएकी छन्। अनेरास्ववियुको जारी २४ औँ राष्ट्रिय महाधिवेशनमा उनी सचिवालय सदस्यमा निर्विरोध चयन भएकी हुन् । 

विश्वविद्यालयको महिला क्लष्टरमा उनको मात्रै उम्मेदवारी परेको थियो । लाेकदाेहाेरी गायक बद्री पंगेनीकी छाेरी बिहानी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन्। पदाधिकारी सहितका अन्य पदहरुमा सहमति जुटाउने प्रयास भइरहेको छ । 

९ पदाधिकारी, ४९ सचिवालय र १५१ सदस्य केन्द्रीय कमिटीमा ५२१ जनाको उम्मेदवारी परेको छ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप