शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
सदन

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बिहीबार, २९ जेठ २०८२, ०६ : ४१
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने, तर विपक्षी दलहरूको अवरोधका कारण कार्यसूची अघि बढ्न सकेको छैन।
  • अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको प्रस्ताव पेश गर्ने र निजामती सेवा विधेयक पेस हुने सम्भावना छ।
  • विपक्षी दलहरू 'भिजिट भिसा' प्रकरणलाई लिएर निरन्तर बैठक अवरुद्ध गर्दै आएका छन्, जसका कारण नियमित कार्यसूची प्रभावित भएको छ।

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३:०० बजे बस्ने गरी समय निर्धारण भएको छ । तथापि  ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । 

यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।  

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ । 

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । 

pp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप