पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक
सारांश
- पश्चिम एसियामा इजरायल र हमास तथा इरानबीचको बढ्दो तनावका कारण अमेरिकाले अनावश्यक सेना फिर्ता बोलाउने निर्णय गरेको छ।
- अमेरिकाले इराकस्थित दूतावासबाट कर्मचारी कटौती गर्दै बहराइन र कुवेतबाट सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ, जसले स्थितिलाई थप जटिल बनाउँदैछ।
- इरान आणविक हतियार बनाउने दिशामा अघि बढिरहेको र अमेरिका र इरानबीच आणविक सम्झौतामा सहमति जुट्न नसक्दा पश्चिम एसियामा थप चिन्ता बढेको छ।
वासिङ्टन डीसी । पश्चिम एसियामा तनाव बढ्दै गएको छ । एकातिर इजरायल र हमासबिचको लडाइँ जारी छ भने अर्कोतर्फ इरान र इजरायलबिच तनाव बढ्दै गएको छ । अमेरिकासँग इरानको आणविक सम्झौताको वार्ता पनि ट्र्याकबाट बाहिर निस्किरहेको देखिन्छ । अवस्था बिग्रँदै जाँदा अमेरिकाले ठुलो कदम चालेको छ र पश्चिम एसियाबाट आफ्नो अनावश्यक र थप सेना फिर्ता गर्ने निर्णय गरेको छ ।
इजरायली मिडियाका अनुसार, आफ्नो पछिल्लो समीक्षा पछि अमेरिकी विदेश मन्त्रालयले इराकमा रहेको दूतावासबाट कर्मचारीहरूको सङ्ख्या घटाउने निर्णय गरेको बताइएको छ । यसका साथै बहराइन र कुवेतबाट थप सैनिक र दूतावासका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई बोलाउने निर्णय भएको छ ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पश्चिम एसियाबाट थप कर्मचारीहरू फिर्ता बोलाउन स्वीकृति दिएका छन् । जनताको सुरक्षा आफ्नो लागि अत्यन्त महत्त्वपूर्ण भएको उनले बताए । पश्चिम एसियामा तनाव निरन्तर बढिरहेको छ ।
धेरै वार्तापछि पनि अमेरिका र इरानबिचको आणविक सम्झौतामा सहमति हुन सकिरहेको छैन । अर्कोतर्फ, इरान द्रुत गतिमा आणविक हतियार बनाउने दिशामा अघि बढिरहेको छ । यसले इजरायलमा चिन्ताको वातावरण सिर्जना गरेको छ ।
राष्ट्रपति ट्रम्पको हालैको एक बयानले चिन्तालाई अझ बढाएको छ । पश्चिम एसियाबाट सैनिकका परिवार र थप कर्मचारीहरूलाई फिर्ता बोलाउने प्रश्नमा उनले भने– ‘पश्चिम एसिया खतरनाक ठाउँ हुनसक्छ । त्यसैले हामीले मानिसहरूलाई फिर्ता आउन सक्छौ भनेर सूचना दिएका छौँ । अगाडि अब के गर्ने भनेर हामी हेर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण