सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक

बिहीबार, २९ जेठ २०८२, ११ : ३३
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • पश्चिम एसियामा इजरायल र हमास तथा इरानबीचको बढ्दो तनावका कारण अमेरिकाले अनावश्यक सेना फिर्ता बोलाउने निर्णय गरेको छ।
  • अमेरिकाले इराकस्थित दूतावासबाट कर्मचारी कटौती गर्दै बहराइन र कुवेतबाट सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ, जसले स्थितिलाई थप जटिल बनाउँदैछ।
  • इरान आणविक हतियार बनाउने दिशामा अघि बढिरहेको र अमेरिका र इरानबीच आणविक सम्झौतामा सहमति जुट्न नसक्दा पश्चिम एसियामा थप चिन्ता बढेको छ।

वासिङ्टन डीसी । पश्चिम एसियामा तनाव बढ्दै गएको छ । एकातिर इजरायल र हमासबिचको लडाइँ जारी छ भने अर्कोतर्फ इरान र इजरायलबिच तनाव बढ्दै गएको छ । अमेरिकासँग इरानको आणविक सम्झौताको वार्ता पनि ट्र्याकबाट बाहिर निस्किरहेको देखिन्छ । अवस्था बिग्रँदै जाँदा अमेरिकाले ठुलो कदम चालेको छ र पश्चिम एसियाबाट आफ्नो अनावश्यक र थप सेना फिर्ता गर्ने निर्णय गरेको छ । 

इजरायली मिडियाका अनुसार, आफ्नो पछिल्लो समीक्षा पछि अमेरिकी विदेश मन्त्रालयले इराकमा रहेको दूतावासबाट कर्मचारीहरूको सङ्ख्या घटाउने निर्णय गरेको बताइएको छ । यसका साथै बहराइन र कुवेतबाट थप सैनिक र दूतावासका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई बोलाउने निर्णय भएको छ ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पश्चिम एसियाबाट थप कर्मचारीहरू फिर्ता बोलाउन स्वीकृति दिएका छन् । जनताको सुरक्षा आफ्नो लागि अत्यन्त महत्त्वपूर्ण भएको उनले बताए । पश्चिम एसियामा तनाव निरन्तर बढिरहेको छ ।

धेरै वार्तापछि पनि अमेरिका र इरानबिचको आणविक सम्झौतामा सहमति हुन सकिरहेको छैन । अर्कोतर्फ, इरान द्रुत गतिमा आणविक हतियार बनाउने दिशामा अघि बढिरहेको छ । यसले इजरायलमा चिन्ताको वातावरण सिर्जना गरेको छ ।

राष्ट्रपति ट्रम्पको हालैको एक बयानले चिन्तालाई अझ बढाएको छ । पश्चिम एसियाबाट सैनिकका परिवार र थप कर्मचारीहरूलाई फिर्ता बोलाउने प्रश्नमा उनले भने– ‘पश्चिम एसिया खतरनाक ठाउँ हुनसक्छ । त्यसैले हामीले मानिसहरूलाई फिर्ता आउन सक्छौ भनेर सूचना दिएका छौँ । अगाडि अब के गर्ने भनेर हामी हेर्नेछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप