एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विज्ञान विभाग
बिहीबार, २९ जेठ २०८२, १३ : ३२

समाचार सारांश
- जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ।
- बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि बढ्दै गएको र केही दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ।
- यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसतभन्दा बढी हुने सम्भावना रहेको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मितिभन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी दिइन् । केही दिन सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताइन् । उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन् ।
कँडेलले यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरिन् । उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सर्वसाधारणहरूले समेत मौसमको जानकारी लिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो
-
रविन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने
-
कम्युनिस्टहरू कुरा धेरै लेनिनका काम स्टालिनका गर्छन् : सुदन किराती
-
थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण
-
साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’
-
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे