लोसपाका महासचिवले स्थापना गरे ‘सहिद सन्तति वृत्ति कोष’
सारांश
- लोसपाका महासचिव मनिष मिश्रले 'सहिद सन्तति वृत्ति कोष' स्थापनाको घोषणा गरे, जसको मुख्य नारा 'सुदृढ तथा शिक्षित समाज निर्माणमा हातेमालो गरौँ' रहेको छ।
- महासचिव मिश्रले आफ्नो जन्मदिनको अवसरमा ५१ हजार रुपैयाँको प्रारम्भिक योगदानसहित मधेस आन्दोलनका सहिद परिवारका बालबालिकाहरूको शैक्षिक उत्थानका लागि कोषको घोषणा गरे।
- यो कोष मधेस आन्दोलनका सहिद परिवारका बालबालिकाहरूको शैक्षिक उत्थान र सामाजिक समावेशीकरणमा केन्द्रित हुनेछ, र यसले शिक्षा र समान अवसरलाई सामाजिक न्यायसँग जोड्ने लक्ष्य राखेको छ।
काठमाडौँ । ‘सुदृढ तथा शिक्षित समाज निर्माणमा हातेमालो गरौँ’ भन्ने मूल नारासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव मनिष मिश्रले ‘सहिद सन्तति वृत्ति कोष’ स्थापना गरेका छन् ।
लोसपाका प्रवक्ता समेत रहेका महासचिव मिश्रले आफ्नो जन्मदिनको उपलक्ष्यमा बुधवार सो कोष घोषणा गरेका हुन् । उनले सो कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेका छन् ।
मधेस आन्दोलनका सहिदहरूका सन्तानहरूको शैक्षिक अवसरमा सहयोग पुर्याउने उद्देश्यले सो कोषको घोषणा गरेको बताउँदै उनले सो कोषका लागि आफूले ५१ हजार रुपैयाँ प्रारम्भिक योगदानसहित अभियानको सुरुवात गरेको बताए ।
सो कोष मधेस आन्दोलनमा सहादत प्राप्त वीर परिवारका बालबालिकाहरूको शैक्षिक उत्थान र सामाजिक समावेशीकरणमा केन्द्रित हुनेछ । कोष कानुनी परामर्शमा आधारित विशेष कार्यदलद्वारा पारदर्शी रूपमा सञ्चालित गरिने उनले बताए ।
‘सहिद परिवारको साथ, सम्पूर्ण समाज’ भन्ने नारासहित अघि बढाइएको यो अभियानमा अन्य शुभेच्छुक, पार्टी सदस्यहरू र सामाजिक अभियन्ताहरूको सहयोग र सहकार्य अपेक्षा गरिएको महासचिव मिश्रले उल्लेख गरेका छन् ।
सहिदहरूको सम्मानमा समर्पित यो अभियानमार्फत आफूले शिक्षा र समान अवसरलाई सामाजिक न्यायसँग जोड्ने लक्ष्य लिएको उनले बताए । उनले सो कोषमा योगदान गर्न पार्टीका नेता, कार्यकर्ता तथा हरेक क्षेत्रका सर्वसाधारणलाई आग्रह पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण