शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

नेप्सेमा ७.१५ अङ्कको गिरावट, कारोबार साढे १२ अर्ब माथि

बिहीबार, २९ जेठ २०८२, १५ : ३६
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ७.१५ अङ्कले घटेर २ हजार ६५७.३२ विन्दुमा बन्द भएको हो। 

परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक छ । आज बजारमा २४८ कम्पनीका ३११ वटा स्क्रपिको १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। आज बजारमा २ करोड ८६ लाख कित्ता शेयर कारोबार भएको छ । 

बजारमा आज १३ मध्ये चार समूहमा सुधार आएको छ । सबैभन्दा धेरै सुधार होटल क्षेत्रमा २‍.१४ प्रतिशतले भएको छ । विकास बैङ्क र ट्रेडिङमा १ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । आज नेप्से भन्दा ठुला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्समा धेरै गिरावट देखिएको छ । 

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ९९ वटाको मूल्य बढेको छ भने १४९ वटाको मूल्य घटेको छ। आज प्योर इनर्जीको सेयर मूल्यमा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेर सबैभन्दा धेरै कमाउने कम्पनी बन्यो । आज गुराँस लघुवित्त ९.९० प्रतिशत गिरावटसहित सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ । 

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप