नेप्सेमा ७.१५ अङ्कको गिरावट, कारोबार साढे १२ अर्ब माथि
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ७.१५ अङ्कले घटेर २ हजार ६५७.३२ विन्दुमा बन्द भएको हो।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक छ । आज बजारमा २४८ कम्पनीका ३११ वटा स्क्रपिको १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। आज बजारमा २ करोड ८६ लाख कित्ता शेयर कारोबार भएको छ ।
बजारमा आज १३ मध्ये चार समूहमा सुधार आएको छ । सबैभन्दा धेरै सुधार होटल क्षेत्रमा २.१४ प्रतिशतले भएको छ । विकास बैङ्क र ट्रेडिङमा १ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । आज नेप्से भन्दा ठुला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्समा धेरै गिरावट देखिएको छ ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये ९९ वटाको मूल्य बढेको छ भने १४९ वटाको मूल्य घटेको छ। आज प्योर इनर्जीको सेयर मूल्यमा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेर सबैभन्दा धेरै कमाउने कम्पनी बन्यो । आज गुराँस लघुवित्त ९.९० प्रतिशत गिरावटसहित सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण