शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

बिहीबार, २९ जेठ २०८२, १७ : ३६
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • पृथ्वी राजमार्गको मुग्लिन-मलेखु सडकखण्डमा जेठ ३० देखि असार ७ गतेसम्म राति सवारी आवागमन बन्द हुने भएको छ।
  • सडक स्तरोन्नति अन्तर्गत खोलाहरूमा आरसिसी बिम राख्नका लागि राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म सवारी साधन बन्द गरिनेछ।
  • मुग्लिनतर्फ जाने भारी सवारी साधन मुग्लिनमा र हलुका सवारी साधन कुरिनटारमा रोकिनेछन्।

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो ।

बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः ०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए ।

नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन् । यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनहरू मलेखु र हलुका सवारी साधनहरू शितलबजारमा रोकिनेछन् ।

रोकिएका सवारी साधनलाई बिहान ३ः ०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप