‘महाराजधिराज’बाट किन बाहिरिए पल शाह ?
सारांश
- अभिनेता पल शाह फिल्म 'महाराजधिराज' बाट बाहिरिएका छन्, निर्माण कम्पनीले सम्झौता अन्त्य गरेको जनाएको छ।
- कम्पनी र पल शाह दुवैले यो विषयमा थप कुराकानी नगर्ने र तेस्रो पक्षका प्रश्नको जवाफ नदिने बताएका छन्।
- परिच्छेद सेनको निर्देशनमा बन्ने फिल्ममा पल शाह सुरुमा अनुबन्धित भएका थिए, आर्यन सिक्देल लगायतका कलाकार छन्।
काठमाडौँ । फिल्म ‘महाराजधिराज’बाट अभिनेता पल शाह बाहिरिएका छन् । फिल्ममा कुनैपनि भूमिकामा नरहने गरेर उनी बाहिरिएका हुन् ।
निर्माण कम्पनी छत्रेश्वर म्यानेजमेन्ट प्रा.लीले फिल्मलाई लिएर पल शाहसँग भएको सम्झौता अन्त्य गरिएको बताएको हो । कम्पनीले एक सूचनामार्फत बिहीबारबाट पल शाहसँगको सम्झौता अन्त्य गरिएको जानकारी दियो ।
फिल्मका लागि गत कात्तिक १४ मा पलसँग साझेदारी सम्झौता भएको थियो । यस विषयलाई लिएर आउँदा दिनमा दुवै पक्षबाट कुनै कुराकानी नहुने र तेस्रो पक्षबाट आउने प्रश्नको विषयमा पनि दुवै पक्षले जबाफ नदिने जनाइएको छ ।
फिल्मबाट शाह बाहिरिएका हुन् वा उनलाई प्रोजेटबाट हटाइएको हो । यो विषयमा दुवै पक्षले केही बताएको छैन ।
परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा कलाकारको रूपमा सबैभन्दा पहिले पल अनुबन्धित भएका थिए । त्यसपछि आर्यन सिक्देल, रमेश उप्रेती, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, गजित विष्ट, उषा रजक लगायतका कलाकारहरू भित्रिएका थिए ।
फिल्मका प्रस्तुतकर्ता बिराज विष्ट हुन् भने निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रबी खड्का छन् । फिल्म छिट्टै छायाङ्कनमा जाने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण