शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

शुक्रबार, ३० जेठ २०८२, १२ : ५१
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • कांग्रेस महामन्त्री गगन थापाले संसद खुलाउने विषयमा छलफल भइरहेको जानकारी दिए।
  • उनले प्रमुख दलहरुबीच सहमति भइसकेको र संसद आजै खुल्ने बताए।
  • थापा तामाङ घेदुङको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका थिए।

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् । आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबिच सहमति भइसकेको समेत बताए ।

‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने । उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् । त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे । 

उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप