कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छः देउवा
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताए।
- उनले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कार्यक्रममा सबैको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी नेतृत्व विकासमा जोड दिए।
- देउवाले पार्टी कार्यालयलाई अपाङ्गमैत्री बनाउने प्रतिबद्धता जनाए र काममा ध्यान दिनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका छन् ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुकका सवै तहमा राजनीतिक तहमा सवैको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका हुन् ।
समावेशी नेतृत्व बिकासका लागि पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट उल्लेख गर्नुपर्ने उनले बताए । सभापति देउवाले अबको बाटो संकल्प र कार्यान्वयको भएकाले कुरामा नभइ काममा ध्यान दिनुपर्ने जिकिर गरे । उनले समावेशी नेतृत्व बिकासका लागि व्यारियर फ्रि लिडरसीप जस्ता कार्यक्रम बिस्तार गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै सभापति देउवाले पार्टी कार्यालयलाई पूर्णरुपमा अपाङ्गमैत्री बनाउने प्रतिवद्धता समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण