शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छः देउवा

शुक्रबार, ३० जेठ २०८२, १४ : ०९
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताए।
  • उनले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कार्यक्रममा सबैको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी नेतृत्व विकासमा जोड दिए।
  • देउवाले पार्टी कार्यालयलाई अपाङ्गमैत्री बनाउने प्रतिबद्धता जनाए र काममा ध्यान दिनुपर्ने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका छन् । 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुकका सवै तहमा राजनीतिक तहमा सवैको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका हुन् । 

समावेशी नेतृत्व बिकासका लागि पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट उल्लेख गर्नुपर्ने उनले बताए । सभापति देउवाले अबको बाटो संकल्प र कार्यान्वयको भएकाले कुरामा नभइ काममा ध्यान दिनुपर्ने जिकिर गरे । उनले समावेशी नेतृत्व बिकासका लागि व्यारियर फ्रि लिडरसीप जस्ता कार्यक्रम बिस्तार गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सभापति देउवाले पार्टी कार्यालयलाई पूर्णरुपमा अपाङ्गमैत्री बनाउने प्रतिवद्धता समेत जनाए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप