जुठे सिरियलका गोथेलाई अब ‘सकस’ मा देख्न पाइने

समाचार सारांश
- लामो समय जुठे सिरियलमा अभिनय गरेका 'गोथे' पात्र अब 'सकस' सिरियलमा देखिने भएका छन्।
- 'गोथे' पात्रलाई राजु पौडेलले 'सकस' मा मुख्य पात्रको रूपमा ल्याउने भएका छन्, र उनले नै सिरियलको लेखन, निर्देशन र अभिनय गर्नेछन्।
- राजु पौडेलले दर्शकको चाहनालाई मध्यनजर गर्दै गोथेलाई 'सकस' मा ल्याउने निर्णय गरेका हुन्, र सिरियलको छायाङ्कन हाल पोखरामा भइरहेको छ।
काठमाडौँ । लामो समय जुठे सिरियलबाट आफ्नो पहिचान बनाएको ‘गोथे’ पात्र लाई अब ‘सकस’ सिरियलमा देख्न पाइने भएको छ। जुठेबाट आफ्नो यात्रा टुङ्गिएपछि ‘गोथे’ पात्रलाई राजु पौडेल (राजु मास्टर) ले आफ्नै सिरियल सकसमा मुख्य पात्रको स्थान दिने भएका हुन्।
‘सकस’ सिरियल राजु पौडेलले नै लेखन निर्देशन र अभिनय गर्दै आएका छन्। अब उनकै अर्को लोकप्रिय पात्र ‘गोथे’ लाई पनि सकस कै मुख्य कथामा राख्न लागिएको राजुले बताए । ‘जुठेमा गोथेलाई देख्न नपाएपछि धेरै दर्शकको चाहना पनि भयो। यो मायालाई मध्यनजर गर्दै मैले सकसमा गोथे ल्याउने निर्णय गरेको हुँ’ राजुले भने ।
‘सकसमा यसअघि मैले गरेका अन्य पात्र यथावतै रहनेछन् भने गोथेलाई पनि कथामा मिलाएर नै निरन्तरता दिनेछु’ अब ९४ भागबाट सकसमा देख्न पाइने उनले बताएका छन्। राजु यतिबेला आफ्नो टिमसहित पोखरामा ‘सकस’ को छायाङ्कनमा छन् । सकसका अन्य कलाकारहरू यथावत् छन् भने पोखराका केही कलाकारहरू जोडिएको राजुले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड
-
‘दुर्घटनाअघि फोन आयो, ...त्यसपछि सबै खत्तम भयो’
-
अछामको रामारोशन सडक खण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध
-
बाराबाट ३९ लाख भन्दा बढीको सामान बरामद
-
सुनको शौचालय चोरेको अभियोगमा दुई जनालाई जेल सजाय
-
निजी विद्यालयलाई गुठी र कम्पनी दुवैमा जान दिनेगरि लचिलो बन्ने सरकारको प्रस्ताव