मार्बुको कालिका माविमा इको क्लब गठन
शुक्रबार, ३० जेठ २०८२, २२ : ५७
दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका– ७ मार्बुस्थित कालिका माध्यमिक विद्यालयमा इको क्लब गठन तथा अन्तर सदन भलिबल प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार हनुमन्ते सब डिभिजन वन कार्यालयको आयोजना तथा विद्यालयको सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई हनुमन्ते सव डिभिजन वन कार्यालयले पुरस्कार समेत वितरण गरेको छ। कार्यक्रम आयोजना गरेकोमा कालिका माध्यमिक विद्यालयले सब डिभिजन वन कार्यालयप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

सो कार्यक्रम कालिका माविका पूर्व छात्र तथा हनुमन्ते सव डिभिजन वन कार्यालयका प्रमुख दीपकप्रसाद रिमालको पहलमा आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण