मार्बुको कालिका माविमा इको क्लब गठन
शुक्रबार, ३० जेठ २०८२, २२ : ५७

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका– ७ मार्बुस्थित कालिका माध्यमिक विद्यालयमा इको क्लब गठन तथा अन्तर सदन भलिबल प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार हनुमन्ते सब डिभिजन वन कार्यालयको आयोजना तथा विद्यालयको सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई हनुमन्ते सव डिभिजन वन कार्यालयले पुरस्कार समेत वितरण गरेको छ। कार्यक्रम आयोजना गरेकोमा कालिका माध्यमिक विद्यालयले सब डिभिजन वन कार्यालयप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
सो कार्यक्रम कालिका माविका पूर्व छात्र तथा हनुमन्ते सव डिभिजन वन कार्यालयका प्रमुख दीपकप्रसाद रिमालको पहलमा आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्यौँ र संसद् खोलियो’
-
न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरूको आपत्ति
-
हाँडीगाउँमा बृहत् रक्तदान
-
सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरु
-
त्रिवि उपकुलपतिको कार्यालयदेखि सेवा आयोगसम्ममा आंशिक प्राध्यापकहरूले लगाए ताला
-
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु