प्रभावकारी बन्दै काठमाडौँ महानगरको ‘एक वडा, एक नमूना’ कार्यक्रम
सारांश
- काठमाडौं महानगरपालिकाले 'एक वडा, एक नमूना कार्यक्रम' थप प्रभावकारी बनाउँदै, यस वर्ष आठ वटा वडामा सीप विकास तालिम सुरु भयो।
- गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तालिमहरू सञ्चालन भइरहेका छन्, जसमा कुकिङ, हस्तकला र अन्य सीप विकास तालिमहरू समावेश छन्।
- उत्पादित सामानको बजारीकरणका लागि वडास्तरीय कोसेलीघर स्थापना गरिएको छ, उपप्रमुख डङ्गोलका अनुसार बजारीकरणमा सहयोग गरिनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘एक वडा, एक नमूना कार्यक्रम’ थप प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमअन्तर्गत यस वर्ष थपिएका वडा नम्बर ११, १९, २०, २३, २५, २८, २८ र ३१ गरी आठ वटा वडामा अहिले सीप विकास तालिम चलिरहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उपप्रमुख डङ्गोलका अनुसार वडा नम्बर ३, ४ र २२ अहिले स्तरोन्नति सीप विकास तालिम सञ्चालन भइरहेको छ ।
कामपामा रहेको ३२ वटा वडामध्ये गएको वर्ष १५ वटा वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ थालिएका थिए । यस वर्ष आठ वटा थपिएपछि २३ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ र अन्य बाँकी वडामा पनि त्तकाल उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी कामपाको रहेको छ ।
यससँगै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत पनि तालिम चलिरहेका छन । वडा नम्बर १० मा कुकिङ, हस्तकला र अचार बनाउने तालिम सम्पन्न भएको छ । वडा नम्बर १४ मा अल्लोको झोला र मकैको खोस्टाबाट सामान बनाउने स्तरोन्नति तालिम सञ्चालनमा छ ।
‘सामान उत्पादन गर्न जानेपछि बजारीकरणको सीप आवश्यक पर्छ । यसका लागि पहिले तपाईँहरू बजारका लागि पर्याप्त सामान उत्पादन गर्नसक्ने हुनुपर्छ । सामान गुणस्तरीय हुनुपर्छ’ उनले भनिन् ।
यसपछि हामी बजारीकरणमा सहयोग गर्ने पनि उपप्रमुख डङ्गोलले बताइन् ।
यस वर्ष थालिएका ११ वटा वडाहरू वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका (धागो), सुर्के थैली र रिबनका फूल बनाउने, पपेट बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरी, फ्रोजन मःम सहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने उद्यम सञ्चालन गरिने जनाइएको छ ।
यसरी प्रत्येक वडामा उत्पादन गरिएको सामग्रीको बजारीकरण गर्न वडास्तरीय कोसेलीघर स्थापना गरिएको समेत उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण