लाइसेन्स पासमा सेटिङ - अख्तियारले समात्यो कर्मचारी र बिचौलिया
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाइसेन्स परीक्षामा फेल भएकालाई गैरकानुनी रूपमा पास गराउने दुई जनालाई नियन्त्रणमा लिएको छ।
- चितवनको यातायात व्यवस्था कार्यालयका कर्मचारी र एक बिचौलियालाई पक्राउ गरिएको छ, उनीहरूले १५ देखि २५ हजार रुपैयाँ लिएर पास गराउने सेटिङ मिलाएका थिए।
- अनुसन्धानको क्रममा कार्यालय सहायकको कार्यकक्षबाट नगद १ लाख ८५ हजार रुपैयाँ बरामद भएको छ, साथै अन्य सामग्रीहरू पनि नियन्त्रणमा लिइएको छ।
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा फेल भएकालाई गैरकानुनी रूपमा पास गराउने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायक (पाँचौं) इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई शुक्रबार कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
सवारी चालक अनुमति पत्रको परीक्षा फेल भएकाहरूलाई वर्ग अनुसार १५ हजारदेखि २५ हजार रुपैयाँसम्म रकम असुली पास गराउने सेटिङ भइरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली त्यहाँ पुगेको थियो।
अनुसन्धानका क्रममा इन्द्रजित गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद बरामद गरिएको छ। साथै, कार्यालय प्रमुख विष्णु भट्टराई, अन्य कर्मचारीहरू र महालक्ष्मी, गुरुङ तथा कुमार ड्राइभिङ सेन्टरका सञ्चालकहरूको ३१ थान मोबाइल, २ थान ल्यापटप र विभिन्न कागजात समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण