बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन
सारांश
- तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिन बिग्रिएर मर्मत हुन सकेको छैन। हाल पाँच वटा मेसिन बिग्रिएका छन्, जसले गर्दा बिरामीहरूलाई समस्या भएको छ।
- इञ्जिनियर नआएका कारण मर्मत कार्य अघि बढ्न सकेको छैन, जसले गर्दा डायलासिस सेवा प्रभावित भएको छ र बिरामीहरू अन्यत्र जान बाध्य छन्।
- अस्पतालमा डायलासिसका लागि दाङसहित विभिन्न जिल्लाबाट बिरामी आउने गर्छन्, तर मेसिन बिग्रिएका कारण सेवा प्रभावित भएको छ।
तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएका छन् ।
नौ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले बताइन् । मर्मत गर्नका लागि काठमाडौँबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर आउन नमानेको उनले बताइन् । ‘इञ्जिनियरहरूलाई बोलाएको हो’, उनले भनिन्, ‘तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नुभएको छैन ।’ डायलासिस मेसिन बिग्रिँदा निकै समस्या हुने गरेको छ ।
घर पायक डायलासिस गर्न चहानेहरूलाई समेट्न नसकिएको उनले बताइन् । तुलसीपुरकै बिरामीहरूलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानुपर्ने अवस्था रहेको उनले बताइन् । अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन् । अस्पतालमा डायलासिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण