दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिन्छौँ : प्रचण्ड

समाचार सारांश
- प्रचण्डले दुई बुँदे सहमति पालना नभए एक महिनापछि विरोध गर्ने चेतावनी दिए।
- उनले सङ्घीय निजामती ऐन, विद्यालय शिक्षा ऐन र टीआरसीसम्बन्धी विषयहरूमा सहमति आवश्यक रहेको बताए।
- प्रचण्डले गृहमन्त्रीको राजीनामा र पार्टी उपाध्यक्षको मुद्दाबीचको सम्बन्धलाई अस्वीकार गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् ।
आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको बताए । उनले भने – 'अहिले हामीले एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्नेछ, लाखौं शिक्षकहरुको माग अनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ । टीआरसीसँग सम्बन्धित कयौं विषय अगाडि बढाउनुपर्ने छ। यस्तो बेलामा सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ । '
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले चेतावनीको भाषा बोलेकोबारे पत्रकारको प्रश्नमा प्रचण्डले त्यसको जिम्मेवार लेखक नै हुने उल्लेख गरे । 'सुशासनको निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो जोड रहन्छ । अध्ययन गहिरो गरी हुनुपर्यो, संरचना बन्नुपर्यो। त्यो कुरामा सहमति भएको छ' प्रचण्डले भने।
पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई उनले सोझै इन्कार गरे । उनले भने–'यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्या छन्। त्यस्तो केही होइन। भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।'
दुई बुँदे सहमतिपछि माओवादी सत्तामा जान चाहेको हो ? भन्ने प्रश्न पनि उनले खण्डन गरे । अहिले सत्तारुढ दलसँग भएको सहमति सत्तासँग सम्बन्धित नरहेको उनको भनाइ छ ।
एक फरक प्रसङ्गमा प्रचण्डले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै ऐन कानुन वा विश्वको कुनै परम्पराले नरोकेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी