भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
सारांश
- भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य संस्थाहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। कार्यक्रममा पेन्सन कार्यालय प्रमुखले चाबी हस्तान्तरण गरे।
- नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स दिइएको हो। तनहुँ, गोरखा, पर्वत, स्याङ्जा र म्याग्दीका स्वास्थ्य संस्थाहरूलाई एम्बुलेन्स वितरण गरियो।
- लेफ्टिनेन्ट कर्णेल बगेलले दुई देशबीचको मित्रताको प्रतीकको रूपमा एम्बुलेन्स हस्तान्तरण गरिएको बताए, जसले दुई देशबीचको राम्रो सम्बन्धलाई दर्शाउँछ।
पोखरा । भारत सरकारले गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य सङ्घ संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आज भएको एक कार्यक्रमका बिच पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई चाबी हस्तान्तरण गरेका हुन् । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स दिइएको उनले सुनाए ।
कार्यालयका अनुसार तनहुँका २ संस्थाले एम्बुलेन्स पाएका छन् । म्याग्दे गाउँपालिका स्थित मनपाङ हेल्थपोष्ट र आँबुखैरेनी अस्पताललाई एक–एक एम्बुलेन्स दिइएको छ । यस्तै, गोरखामा पनि २ संस्थाले एम्बुलेन्स पाए । गोरखा जिल्ला अस्पताल र गोरखा वडा नम्बर ६ लाई छुट्टाछुट्टै वितरण गरिएको हो ।
यसबाहेक पर्वतको आर्थर डाँडाखर्क हेल्थ पोष्ट, स्याङजाको गल्याङ नगर अस्पताल, म्याग्दीको बेनी अस्पताललाई पनि एम्बुलेन्स वितरण गरिएको पेन्सन क्याम्प पोखराका जनसम्पर्क अधिकारी भूषण पाण्डेले जानकारी दिए ।
एम्बुलेन्स हस्तान्तरणपछि बोल्दै बगेलले दुई देशबिचको मित्रताको प्रतीक स्वरूप एम्बुलेन्स हस्तान्तरण गरेको बताए । 'नेपाल र भारत बिचको सम्बन्ध छिमेक मात्र होइन, पारिवारिक छ,' उनले भने, 'एम्बुलेन्स हस्तान्तरण दुई देशबिचको असल मित्रताको प्रतीक हो ।'
एम्बुलेन्स जनसङ्ख्या र भारतीय सेनामा काम गरेकाहरूको सङ्ख्याका आधारमा एम्बुलेन्स दिइएको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण