इरान इजरायल तनाव
इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको पुष्टि
शनिबार, ३१ जेठ २०८२, ०१ : १५
सारांश
- इरानले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गर्यो।
- इरानको इस्लामिक रिभोलुसनरी गार्डले आक्रमणको पुष्टि गर्दै विज्ञप्ति जारी गर्यो।
- इजरायली एम्बुलेन्स सेवाका अनुसार तेल अभिभ क्षेत्रमा कम्तीमा पाँच जना घाइते भए।
काठमाडौँ । इरानले इजरायलमाथि गरेकाे ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको पुष्टि गरेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्डले शुक्रबार मध्यराति एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको बीबीसीले जनाएको छ। इजरायलको ‘दर्जनौं स्थान, सैन्य केन्द्र र हवाई अड्डाहरू’ मा आक्रमण गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति अनुसार, इरानले यस अपरेशनलाई ‘ट्रु प्रमिस ३’ नाम दिएको छ।
यसैबीच, इजरायली राष्ट्रिय एम्बुलेन्स सेवाले तेल अभिभ महानगरीय क्षेत्रमा कम्तीमा पाँच जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण