०८३ को मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
सारांश
- कांग्रेस महामन्त्री गगनकुमार थापाले २०८३ मंसिरअघि नै पार्टी महाधिवेशन हुने दाबी गरे।
- उनले ०८४ को निर्वाचनपछि महाधिवेशन हुन्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे।
- उनले भ्रातृ संस्थाहरूको अधिवेशन गर्न नसक्दा दुःख लागेको र पार्टीले सहयोग गर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशङ्का भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गरे ।
महाधिवेशन सार्न नेपाली कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बताए । कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मङ्सिर रहेको र त्यहाँसम्म पुर्याउन नहुने स्पष्ट पारे । त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने भएकाले अगाडि नै महाधिवेशन गर्नुपर्ने बताए । जति सक्दो क्रियाशील सदस्यको काम सकिन्छ महाधिवेशन गर्न त्यति नै सहज हुने जिकिर उनले गरे।
महामन्त्री थापाले भ्रातृसंस्थाहरुको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताए । नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । पार्टीले नै जिम्मा लिएर अधिवेशन गराउनुपर्ने उनले बताए ।
थापाले सबै क्रियाशील सदस्यहरूबाट प्रत्यक्ष रूपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण