थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण
शुक्रबार, ३० जेठ २०८२, १३ : १२
सारांश
- थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमानलाई बमको धम्की आएपछि आपतकालीन अवतरण गरियो।
- विमानमा १५६ यात्रु सवार थिए र उनीहरूलाई सुरक्षित रूपमा ओरालिएको थियो।
- धम्की शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देशमार्फत दिइएको थियो र विमानले अण्डमान सागरमाथि चक्कर लगाएको थियो।
नयाँ दिल्ली । थाइल्याण्डको फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण गरेको छ । बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको हो ।
विमानमा १५६ यात्रु सवार रहेका थिए । अवतरणलगत्तै यात्रुहरूलाई विमानको आपतकालीन गेटबाट सुरक्षित रूपमा ओरालिएको थियो । बमको धम्की विमानको शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देश मार्फत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विमानले शुक्रबार बिहान ९ः ३० बजे फुकेट विमानस्थलबाट भारतको राजधानी दिल्लीको लागि उडान भरेको थियो । आपतकालीन अवतरणअघि विमानले अण्डमान सागरमाथि निकै समय चक्कर लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण