खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
सारांश
- एसेलुखर्कका रामेश्वर राईको करेन्ट लागेर मृत्यु, विद्युत्को तार हटाउने क्रममा घाइते भएका थिए।
- नेर्पाका सन्तोष भुजेल टेकमाइन्ड नेटवर्कको इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते, उपचार हुँदै।
- प्रहरीका अनुसार, रामेश्वर राई माओवादी केन्द्रका नेता थिए र भुजेलको काठमाडौंमा थप उपचार हुनेछ।
खोटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ ।
सेगेलेमस्थित घरमा जडान गरिएको विद्युतको तार हटाउने क्रममा आज दिउँसो करेन्ट लागेर गम्भीर घाइते बनेका उनको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो ।
करेन्ट लागेर बेहोस भएका राईलाई स्थानीयले गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । केन्द्र पुर्याएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक राई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिका सचिवालय सदस्य हुन् । उनको शव परीक्षण गृहमा राखिएको छ ।
यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सन्तोष भुजेल करेन्ट लागेर गम्भीर घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित पोक्लुमा टेकमाइन्ड नेटवर्क कम्पनीको इन्टरनेट मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका भुजेललाई गाडीमार्फत उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनका अनुसार शरीरका विभिन्न भागमा करेन्ट लागेर गम्भीर घाइते बनेका उनको उपचारपछि स्वास्थ्यमा सुधार आएको छ ।
भुजेललाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको जिल्ला अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण