चार जिल्लाका ११ स्थानीय तह ‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

समाचार सारांश
- भोजपुरमा 'ग्रेटर मुन्दुम पदमार्ग' विस्तारका लागि चार जिल्लाका ११ स्थानीय तहको बैठक सम्पन्न भयो। यस बैठकमा पदमार्गको विकास र पर्यटन प्रवर्द्धनबारे छलफल भयो।
- बैठकमा पदमार्गलाई व्यवस्थित बनाउने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र पर्यटन विकासका परियोजनाहरूमा जोड दिने निर्णय गरियो।
- पदमार्गले छोएका स्थानीय तहहरूबीचको सहकार्यले पर्यटन विकासमा सहयोग पुग्ने र यसले आर्थिक पक्षलाई समेत टेवा दिने लक्ष्य राखिएको छ।
भोजपुर। ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ स्थानीय तहबिच समन्वयात्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजनाबिच समन्वयात्मक बैठक गरिएको हो ।
बैठकमार्फत विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृतिक सम्पदाको संरक्षण तथा जर्गेणा हुने गरी काम गर्ने निर्णय गरिएको छ । हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा घोडेटारमा भएको अन्तर पालिकाबिचको सरोकारवालाको बैठकमा सुनसरीको वराहक्षेत्र नगरपालिका, उदयपुरको बेलका नगरपालिका, खोटाङको साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाको सहभागिता रहेको थियो ।
त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिका गरी ११ वटा स्थानीय तहको सहभागिता जनाएको हतुवागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।
अन्तर पालिकाबिच भएको बैठकमार्फत पदमार्गको विकासका लागि साझा धारणा लिएर अघि बढ्ने प्रतिबद्धता गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। पदमार्गले छोएका स्थानीय तहबिच गरिएको कार्यक्रमले पदमार्गको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ ।
“ग्रेटर पदमार्गका विषयमा हतुवागढीमा समन्वयात्मक बैठक सम्पन्न गरेका छौँ,” अध्यक्ष राईले भने, “यो बैठकबाट पदमार्गको थप विकास लागि कसरी अघि बढ्ने भन्ने विषयमा बृहत् रूपमा छलफलसमेत गरिएको छ । अहिले सबै पालिकामा भइरहेको पदमार्ग निमार्णको कामको विषयमा छलफल गरेका छौँ ।”
अन्तरपालिका पालिकाबिच भएको सरोकारवाला पक्षको बैठक उपलब्धिमूलक बनेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । बैठकबाट पदमार्गको कामलाई भावी दिनमा कसरी गुणात्मक ढङ्गले अघि बढाउने भन्ने विषयमा योजना तयार गरिएको उनको भनाइ छ ।
पदमार्ग विस्तार भइरहेका स्थानीय तहसँगै पर्यटनसँग सम्बद्ध पक्षबिचको कार्यक्रम भएकाले यसले दीर्घकालीन महत्वलाई समेटेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पदमार्गलाई पर्यटनसँग जोडेर संस्कृतिको संरक्षणसँगै आर्थिक पक्षको विकासमा टेवा पुर्याउन गर्न सकिने थप कामको विषयमा समेत छलफल गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले पदमार्गको समग्र विषयमा जानकारी दिएको छ । साथै दिगो र नविनतम् पर्यटन विकासको अवधारणाको बारेमा समेत अवगत गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न मधेसी समुदाय एकजुट हुनुपर्छ’
-
‘गुटभित्रकालाई पुरस्कृत गर्ने र आफ्नै परिचर्चामा रमाउने दिक्कलाग्दो प्रवृत्ति छ’
-
यस्तो छ माधव नेपाललगायत ९३ जनालाई भ्रष्टाचार मुद्दा लागेको पतञ्जलिको जग्गा
-
ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु
-
संसद् सचिवालयको सचिवमा दुराको बढुवा
-
ब्राजिल र कोलम्बियामा एनआरएनए तदर्थ समिति गठन