निजी विद्यालयलाई गुठी र कम्पनी दुवैमा जान दिनेगरि लचिलो बन्ने सरकारको प्रस्ताव
सारांश
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई कम्पनी र गुठी दुवैमा लैजान प्रस्ताव गरेको छ।
- शिक्षामन्त्री र शिक्षक महासंघबीचको सहमति अनुसार यो प्रस्ताव आएको हो।
- विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनमा मन्त्रालयले आफ्नो धारणा तय गरेको छ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूको हकमा कम्पनी र गुठी दुवैमा लैजान सकिने गरी प्रस्ताव गरेको छ । शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघसँग भएको सहमति अनुसार निजी विद्यालयको हकमा गुठी र कम्पनी दुवैमार्फत चलाउन दिनेगरि प्रस्ताव गरेको हो।
विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदनमा मन्त्रालयले आफ्नो धारणा तय गरेको हो। आजको शिक्षा समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले निजी विद्यालयहरूको हकमा दुई विकल्प अघि सारिएको बताए ।
कम्पनीमा जानेलाई कम्पनीमा जान दिने, गुठीमा जानेलाई गुठीमा जान दिने भनेर प्रस्ताव गरिएको मन्त्री पन्तले बताए। निश्चित अवधि दिएर गुठीमा पठाउने हो भने त्यो बिचमा उनीहरूको सिन्डिकेट हुने र नयाँ आउन नपाउँदा मोनोपोली कायमै रहने मन्त्री पन्तले बताए ।
‘हामीलाई लाग्यो भने यो प्राइभेटहरूलाई कडाइका साथ सरकारले रेगुलेट गर्नुपर्यो। विभिन्न नियम कडा बनाएर त्यो रुल–नियम भित्र उनीहरूलाई ल्याउनुपर्यो। गुठीमा जानेहरूलाई ट्याक्स छुटदेखि लिएर अरू सुविधाहरू पनि दिएर उनीहरूलाई गुठीमा जान प्रेरित गर्ने वातावरण बनाउनुपर्यो,’ मन्त्री पन्तले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण