संसद्मा गृहमन्त्रीको जवाफ : भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको हुन पनि नसक्ने प्रस्टीकरण दिएका छन् । शुक्रबार राप्रपा र रास्वपाको विरोधकाबिच संसदमा आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो प्रस्टीकरण दिएका हुन् ।
त्यसक्रममा उनले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै त्यसको खेद व्यक्त गरे । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन,उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन’, गृहमन्त्री लेखकको भनाइ छ ।
उनले आफ्ना विरुद्ध नियोजित र राजनीतिक आक्रमण गर्न खोजेको बताए ।
'संवैधानिक निकायले छानबिन गरिरेहको अवस्थामा कुनै सरकारसँग जोडेर जवाफ दिने हो भने कतिपय माननीयसँग जोड्ने हो भने र जवाफ दिने हो भने हिजोका दिन मन्त्रीहरु पदासिन हुँदा भ्रष्टाचारमा कतिले जवाफ दिएको र यसको जवाफ दिने तागत विपक्षीलाई छ,' प्रश्न गर्दै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण