गृहमन्त्रीले भने– अख्तियारको अनुसन्धानमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु
सारांश
- गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे अख्तियारको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
- सांसदहरूले नाराबाजी गरेपछि उनले भिजिट भिसाको समस्या आफ्नो कार्यकालमा सुरु नभएको बताए।
- उनले आफूविरुद्ध षड्यन्त्र भएको र यस कार्यमा आफ्नो संलग्नता नरहेको कुरा व्यक्त गरे।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । शुक्रबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले भने, ‘ अनुसन्धानमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
मन्त्रीले जवाफ दिँदा रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसदमा नाराबाजी गरिरहे । आफ्नो कार्यकालमा भिजिट भिसामा धेरै मानिस गए भनेर भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै उनले भने, ‘भिजिट भिसामा केही समस्या छन् तर, यो समस्या मेरो कार्यकालमा सुरु भएको होइन ।’
आफ्नो विरुद्धमा षड्यन्त्रमूलक ढङ्गले आक्रमण गर्ने प्रयास भएको उनले बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका यसअघिका प्रमुख सहसचिव तीर्थ भट्टराईलाई अख्तियारले बोलाएको कुरा आफूले सञ्चार माध्यमबाट थापा पाएको उनले बताए । उनले भने, ‘यो काममा मेरो संलग्नता छैन ।’
आफू मन्त्री हुनुअघि पनि विदेशी नागरिकहरू त्रिभुवन विमानस्थलबाट जाने गरेको उनले स्मरण गराएका छन् । उनले भने, ‘म न्यूनतम नैतिक आचरणमा बस्ने व्यक्ति हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण