कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा
_UnaejxOc5q.jpg)
मकवानपुर । यहाँको विकट कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ ।
शुक्रबार एक समारोहकाबीच नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले कैलाशलाई पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरेका हुन् ।
खोप सँगै पूर्ण संस्थागत गर्भ जाँच गाउँपालिका भनी पनि घोषणा गरिएको हो । पूर्ण खोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम गत जेष्ठ २५ गते सम्ममा १६ महिनादेखि २३ महिना सम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकोले कैलाशले पहिलो पटक सुनिश्चिताको घोषणा गरेको हो ।
कार्यक्रममा ४२ जना स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र प्रदान गरिनुका साथै वडाका १० वटा स्वास्थ्य चौकी, ७ वटा स्वास्थ्य र शिक्षा क्षेत्रका काम गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा खोप कार्यमा सक्रिय रहेका उत्कृष्ट तीन स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो भने तीन उत्कृष्ट स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको थियो ।
गणतन्त्र जनताको व्यवस्था होः बानियाँ
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले गणतन्त्रले समानता, धर्मनिरपेक्षता, समानता सहित हरेक वर्गका नागरिकको प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।
सङ्घीयताले शिक्षा, स्वास्थ्यसँगै भौतिक पूर्वाधारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हुने गरी काम भइरहेको उनले बताए ।उनका अनुसार गणतन्त्र, सङ्घीयता जनताको व्यवस्था हो । देश र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने उनले बताए । गणतन्त्र, सङ्घीयताले जनताको जीवनशैली र जनताको जीवन स्तरमा सुधार ल्याएको बताए । पञ्चायती व्यवस्थामा नभएका परिवर्तन अहिले गाउँ गाउँबाट भइरहेको उनले बताए ।
‘गाउँपालिका केन्द्रसम्म आउन एक दिन लाग्ने अवस्था थियो । त्यो घण्टामा सीमित भएको छ । विकट कैलाश गाउँपालिका आउने पहुँच मार्ग १८ करोडको टेन्डर भएर निर्माण कार्य द्रुत गतिमा बढेको छ । आउँदो वर्षमा प्रदेश सरकारले थप बजेट हालेर स्तरीय बनाउने छ । यो गणतन्त्रको उपलब्धि हो। यो सङ्घीयताको उपलब्धि हो ।’ उनले भने ।
विगतको तुलनामा स्थानीय तहमा विकासका कामले गति लिएको र नागरिकको जिवनस्तरमा सुधार आएको उनले बताए ।
आगामी दिनमा सरकारहरूले नागरिकलाई उत्पादनमा जोड्ने गरी काम गर्नुपर्ने उनले बताए । सीप र तालिमसँग जोडेर नागरिकहरूलाई आयआर्जनमा अग्रसर गर्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा एक बालक मृत फेला
-
एटीसीलाई पाइलटको अन्तिम सन्देश : मैले थ्रस्ट पाइरहेको छैन, हामी बाँच्दैनौँ होला !
-
कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ
-
टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु
-
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड
-
‘दुर्घटनाअघि फोन आयो, ...त्यसपछि सबै खत्तम भयो’