कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु
सारांश
- प्रजातान्त्रिक गणतन्त्र कङ्गोको तालमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु, अरु बेपत्ता।
- उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा भएको दुर्घटनामा तीनवटा डुङ्गा संलग्न थिए, उद्धार जारी छ।
- डुङ्गाले मलामी बोकेको थियो र क्षमताभन्दा बढी यात्रु भएको अनुमान, दुर्घटनाको कारण छानबिन हुँदै।
एजेन्सी । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक तालमा शोक व्यक्त गर्न मानिसहरूलाई लिएर गएको एक यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् ।
उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए । ‘हामीले अहिलेसम्म दर्जनौं जीवित व्यक्तिलाई उद्धार गर्नुका साथै ४० वटा शव फेला पारेका छौँ । अझै पनि कैयौँको सङ्ख्यामा मानिसहरू हराइरहेका छन्,’ उनले एएफपीसँग भने ।
यसैबीच, उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको बताए ।
उनले भने, ‘हिजो हामीले ५२ वटा शव फेला पारेका थियौँ, आज बिहान थप दुई जना मृत शरीर शव फेला परेका छन् ।’ उक्त डुङ्गाले इकोको–बोङिन्डा गाउँमा अन्त्येष्टिका लागि एक महिलाको शव र २०० भन्दा बढी मलामी बोकेको थियो ।
प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई डुङ्गाले एक्कासी ठूलो छालको सामना गर्नुपरेको र यसलाई चालकले थेग्न नसक्दा दुर्घटना भएको बताए ।
दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको उनीहरूले बताए । एमपुटुका अनुसार डुङ्गामा रहेका यात्रुको सूची थिएन, जसले गर्दा डुङ्गामा ओभरलोड थियो कि थिएन भन्न कठिन भएको छ ।
प्राकृतिक स्रोतसाधनले भरिपूर्ण तर दशकौँदेखिको द्वन्द्वको चपेटामा परेको अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ताल र नदीमा बारम्बार डुङ्गा दुर्घटनाको पीडा व्यहोर्नेगरेको छ । यात्री सूचीको अनुपस्थितिले प्रायः खोजी र उद्धार कार्यलाई जटिल बनाउँदछ र मृत्युको सही सङ्ख्या पुष्टि गर्न असम्भव बनाउँछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण