उद्योगहरू सञ्चालन हुन नदिन प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई प्रलोभनमा पारिन्छ : महासचिव भुसाल
सारांश
- एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिन भारतले प्रपञ्च गरिरहेको आरोप लगाए।
- भुसालले नेपालको अर्थतन्त्र दलाल पुँजीवादी चरित्रको भएको र यसैकारण उद्योगहरू फस्टाउन नसकेको बताए।
- उनले प्रधानमन्त्री, अर्थमन्त्री र सांसदहरूलाई समेत उद्योग खोल्न नदिने खेलमा संलग्न गराइएको आरोप लगाए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिनका लागि छिमेकी मुलुकले अनेक प्रपञ्च गर्ने गरेको बताउनुभएको छ । शनिबार एकीकृत समाजवादी युवा जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले नेपालीले ऋण बोकेको, हेपिएको, हेपेको, नाकाबन्दी लगाएको र हेप्ने क्रम नरोकिएको आरोप लगाएका हुन् ।
उनले नेपालमा उद्योग कलकारखाना बढ्न नदिनका लागि भारतले अनेक कानुनहरू बनाएको, आयात गर्ने सामानमा भन्दा कच्चापदार्थमा बढी भन्सार लगाइदिने गरेकाले रोजगारीमा समेत समस्या उत्पन्न भइरहेको दाबी गरे । महासचिव भुसालले यिनै विषयलाई अहिले एकीकृत समाजवादीले मूल मुद्दाका रूपमा उठाएको बताउँदै नेपालको अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी भएको आरोप लगाए ।
उनले भने, ‘यी सारा कुराको जड के हो भन्दा हामीकहाँ उद्यम भएन । यही विषय हो अहिले एकीकृत समाजवादीले उठाएको मुद्दा । रोजगारी रोजगारी भनेको यही मुद्दा हो । यो इतिहासको, यो समाजको सबैभन्दा महत्त्वपूर्ण आधारभूत मुद्दा हो । किनभने मान्छेले काम गर्छ, मुस्किलले खान पुग्छ वा पुग्दैन । हाम्रो देशको कृषिको हालत यस्तै छ । किनभने बिउ राम्रो हुँदैन, समयमा पानी पर्दैन, टेक्नोलोजी छैन, जेटिएहरु छैन । कहीँ केही उत्पादन भइहाल्यो भने बजार छैन ।’
उनले नेपालका उद्योगहरू सञ्चालन हुन नदिनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीदेखि सांसदहरूलाई समेत प्रलोभनमा पार्ने गरेको दाबी गरे ।
उनले भने, ‘त्यस कारण कोही कोही उद्योगले राम्रो गरेको छु भन्नु भनेको झुक्किएर राम्रो भएको हो । त्यसरी झुक्किनु भनेको दुई वा तीन वर्ष मात्र हो । सामान्य अवस्थामा कृषिमा लागेको मानिस डुब्नुको विकल्प नै छैन । हाम्रो कृषि उद्योग किन यस्तो भन्दा खासमा हाम्रो अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी छ । दलाल पुँजीवादी भनेको के हो भन्दा बाहिरबाट सामान आयात गर्ने यहाँ बेच्ने र नाफा कमाउने । बाहिरबाट सामान ल्याएर बढी नाफा गर्न के गर्नुपर्छ भन्दा यहाँ उद्योग खोल्न दिनुहुन्न । त्यसका लागि अर्थमन्त्रीलाई भनेर प्रधानमन्त्रीलाई भनेर, सांसदहरूलाई भनेर के गर्ने भन्दा उताबाट सामान जुन ल्याइन्छ त्यो सामानको मूल्यभन्दा कच्चा पदार्थको भन्सार महँगो गरिदिएपछि यहाँका उद्योगहरू सञ्चालन हुँदैनन् । जस्तो कि जुस बनाएर ल्यायो भने त्यसमा कम भन्सार लगाइदिने तर फलफूल ल्याउँदा भने भन्सार बढी लगाइदिने जस्ता कार्यले यहाँ उद्योग फस्टाउन सकेका छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण