ब्राजिल र कोलम्बियामा एनआरएनए तदर्थ समिति गठन
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए) को तदर्थ समिति ब्राजिल र कोलम्बियामा गठन गरियो।
- छत्रबहादुर मैनालीलाई कोलम्बिया र सन्देश लामिछानेलाई ब्राजिलको तदर्थ समितिको अध्यक्ष तोकियो।
- ब्राजिल र कोलम्बिया हुँदै नेपालीहरू गैरकानुनी रूपमा अमेरिका जाने गरेको र यसलाई 'तल्लोबाटो' भन्ने गरिएको छ।
ब्रासिलिया । कोलम्बिया र ब्राजिलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को तदर्थ समिति गठन गरिएको छ । दक्षिण अमेरिकाको ब्राजिल र कोलम्बियामा पहिलोपटक एनआरएनएको तदर्थ समिति गठन गरिएको हो ।
कोलम्बियामा छत्रबहादुर मैनाली र ब्राजिलमा सन्देश लामिछानेलाई तदर्थ समितिको अध्यक्ष तोकिएको छ । मैनाली लामो समयदेखि कोलम्बियामा रहेर व्यवसाय गर्दै आएका नेपाली हुन् ।
कोलम्बियाको तदर्थ समितिका पदाधिकारीहरूमा लालबहादुर गुरुङ, सुन्दर तामाङ, धनबहादुर तामाङ, प्रेमबहादुर क्षेत्री र मिथुन थापा क्रमशः उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरूमा जीतबहादुर गुरुङ, कमल शर्मा र महिला सदस्यमा प्रविना राई छन् । संघको सल्लाहकारहरूमा हर्कमान गुरुङ र उमेश थापा रहेको समेत संघले जनाएको छ ।
ब्राजिलको तदर्थ समितिमा साहस चौधरी, कृष्ण मास्की, शंकर बास्कोटा, हरिकृष्ण रेग्मी र बबिता गुरुङ क्रमशः उपाध्यक्ष, महासचिव, सचिव, उपसचिव र कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरूमा रिताकुमारी गोले, प्रदीप चौधरी र महिला सदस्यमा तारा गैरे रहेका छन् । तदर्थ समितिको सल्लाहकारहरूमा डा. कृष्ण पाठक र राम बस्नेत चयन भएका छन् ।
ब्राजिल र कोलम्बिया हुँदै नेपालीहरू गैर कानुनी रूपमा अमेरिका जाने गरेका छन् । जसलाई ‘तल्लोबाटो’ भनेर चिनिन्छ । मैनालीले तल्लो बाटो हुँदै धेरै नेपाली अमेरिका छिर्ने गरेको बताएका छन् । उनी लामो समयदेखि त्यसरी जाने नेपालीहरूका बारेमा अध्ययन समेत गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण