आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
नाडामा विवाद

नाडामा के कारणले निम्तियो लफडा ?

आइतबार, ०१ असार २०८२, ११ : ०८
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • नाडा अटोमोबाइलस एसोसिएसन अफ नेपाल (नाडा) भित्रको विवाद उत्कर्षमा पुगेको छ, अध्यक्ष करण चौधरीको कार्यशैलीलाई लिएर असन्तुष्टि बढेको छ।
  • अध्यक्ष करण चौधरीले संस्थालाई एकलौटी ढंगले चलाउन खोजेको आरोप लगाउँदै आकाश गोल्छासहितका व्यवसायीले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।
  • विवादका कारण नाडा विभाजित भएको छ, जसले अटोमोबाइल क्षेत्रमा नयाँ संगठन (नाइमा) को जन्म दिएको छ र अविश्वासको प्रस्ताव आउने सम्भावना छ।

काठमाडौँ । अटो व्यवसायीहरूको साझा संगठन नाडा अटोमोबाइलस एसोसिएसन अफ नेपालभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । 

नाडामा कार्यसमिति चयन भएको साता नबित्दै सुरु भएको लफडा पछिल्लो समय थप उत्कर्षमा पुगेको हो । 

२०८० पौष २० गते नाडाको अध्यक्ष करण चौधरी निर्वाचित भएका थिए । करणपछि आकाश गोल्छा अध्यक्ष बन्नेगरी सहमतिपछि अध्यक्ष बनेका चौधरीले सात दिन नबित्दै एकतर्फी र निरकुंश शैलीमा संस्था हाँक्न खोजेको भन्दै गोल्छासहित ८ जनाले सामूहिक राजीनामा दिने तयारी थालेका थिए । 

गोल्छाले नै अध्यक्षको दाबेदारी छाडेर करणलाई निर्विरोध बनाएका थिए । तर करण अध्यक्ष हुनेबित्तिकै संस्थागतभन्दा व्यक्तिगत आग्रह र पूर्वाग्रहका आधारमा संस्थामा सदस्य मनोनयनलगायत काम गरेको भन्दै गोल्छासँग आबद्ध व्यवसायी एकजुट भएका थिए । 

करण अध्यक्ष बनेसँगै पाँच दशकको लिगेसी बोकेको नाडामा विवाद सुरु भएको थियो । सहमति गर्दा वरिष्ठ उपाध्यक्षमा आकाशलाई दिएर नयाँ कार्यसमितिसमेत थप गरी नाडा कार्यसमिति बनाएको थियो । तर नाडामा सहमतिअनुसार गरेको विधान संशोधनलाई जिल्ला प्रशासनले अस्वीकार गरेको थियो ।

Capture

उक्त समयमा गोल्छालाई नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड यानुपपक्चर्स एसोसिएसन नाइमा खडा गर्न भूमिका निर्वाह गरेको आरोप लाग्दै आएको थियो । उक्त आरोप लागेकै समयमा नाडा अध्यक्ष चौधरीले गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा गरिदिएका थिए । 

वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा भएसँगै गोल्छाले आफ्नो पक्षमा रहेकाहरूलाई सदस्यहरूलाई अध्यक्ष करण चौधरीको विरोधमा उतारेका छन् । आकाश पक्षले पत्रकार सम्मेलन नै गर्दै नाडा अध्यक्ष करणले गरेका काम कारवाहीको विरोधमा आन्दोलन गर्ने बताएको छ । 

अध्यक्ष करणको विरोधमा आकाशसँगै सुनिल निशाल, प्रदीपमान प्रधान र सञ्जय कुमार खेतान उपस्थित भएका थिए । पछिल्लो समय अध्यक्ष करणले नाडालाई आफ्नो निजी कम्पनी जस्तै गरी चलाउन खोजेको आरोप लगाए ।

आकाश गोल्छाले अध्यक्ष करणले अध्यक्ष बन्नुअघि आफूसँग गरेको लिखित सम्झौता र प्रतिबद्धतासमेत बेवास्ता गरेको बताए । उनले करणलाई सहमति पत्रमा करण, आकाश गोल्छा, ध्रुव थापा, निराकार श्रेष्ठ, मिलनवाल, राजन श्रेष्ठ र सुरेश उप्रेतीले हस्ताक्षर गरेर अध्यक्ष बनाएको भन्दै करणले उक्त कुरासमेत भुलेको बताए । 

patra

वरिष्ठ उपाध्यक्ष गोल्छाले नाडाको वरिष्ठ उपाध्यक्षबाट आफूलाई बिनाकारण पदबाट हटाएर पनि अहिलेसम्म कुनै जानकारी नदिएको बताए । 

साधारण सभाले गरेको निर्णय सोही विधिमार्फत मात्रै उल्ट्याउन सक्ने व्यवस्था रहेको भन्दै अध्यक्ष चौधरीले उल्ट्याएर साधारणसभाको मानमर्दन गरेको आकाशको आरोप छ । उक्त प्रावधानलाई विफल बनाउन संस्थाका महासचिव उप्रेती र करणले जालसाजी गरेको उनको आरोप छ ।

नाडा अध्यक्ष चौधरीले साधारण सभाले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमोदन नभएको र प्रशासनले अनुमोदन नगरी फाइल फर्काएकाले गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाउन नसकिएको बताउँदै आएका छन् । ४७ औँ साधारण सभाले गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाउने र स्वतः अध्यक्ष बनाउने गरी विधान संशोधन गरेको थियो । 

patra1

  • पदीय दम्भका कारण नाडा दुई टुक्रा 

नाडामा चौधरी नेतृत्वमा आएसँगै एउटा समूह असन्तुष्ट जनाउँदै गाडीको आयात, बिक्री एवं उत्पादन गरिरहेका कम्पनीहरूको सहभागितामा नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) संस्था जन्मिएको छ ।  

अटोमोबाइल्स क्षेत्रको एकमात्रै संस्थाको रूपमा रहेको नाडा अटोमोबाइल्स एशोसिएशन फुटेर अहिले दुई टुक्रा भएको छ । २०३२ सालमा स्थापना भएको नाडा पचास वर्षपछि फुटेको छ भने नाडाभित्रै विवाद झाङिँदै गएको छ । 

नाडाको वर्तमान नेतृत्वको पदीय दम्भका कारण संस्था क्षयीकरण भएको छ । आकाश समूहले अध्यक्ष करणविरुद्ध अविश्वासको प्रस्ताव समेत ल्याउने तयारी भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप