संसद् बैठक
अर्थमन्त्री बोल्दाबोल्दै सांसद पाण्डेको सभामुखलाई प्रश्न– सभा सञ्चालन गर्ने तरिका भएन
आइतबार, ०१ असार २०८२, १३ : ३७

समाचार सारांश
- सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्न खोज्दा रोकियो।
- सांसद राजेन्द्र पाण्डेले अर्थमन्त्रीको बजेट प्रस्तुतिमा विपक्षीको नाराबाजीका कारण आफूहरूले सुन्न नसकेको बताए।
- पाण्डेले सभामुखलाई सदन रोकेर सहमतिमा अघि बढ्न आग्रह गरे।
काठमाडौँ । सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्दागर्दै रोके । त्यसपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद राजेन्द्र पाण्डेलाई बोल्न समय दिए ।
पाण्डेले अर्थमन्त्रीले बजेटका विषयमा महत्त्वपूर्ण भनाइ राख्दा एउटा प्रतिपक्षी दलले नाराबाजी गरिरहेकाले आफूहरूले सुन्न नसकेको बताए । नाराबाजीबिच सदन सञ्चालन गर्दा बजेटबारेको अर्थमन्त्रीको प्रस्ताव खल्लो भएको भन्दै संसद् रोकेर सहमति गरेर सदन चलाउन आग्रह गरे ।
उनले भने, ‘सभामुखज्यू सभा सञ्चालन गर्ने तपाईँको तरिका ठिक भएन । सदन रोकेर सहमति गरेर सदन सञ्चालन गर्नुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको आर्थिक वृद्धिले राष्ट्रिय तथ्याङ्कलाई उछिन्यो, नागरिकको आम्दानी पनि बढ्यो
-
तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा
-
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास
-
आज पास होला त सङ्घीय निजामती विधेयक ?
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध