पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण
_WPFsWPks42.jpg)
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीयस्थल खोप्रालेक (खोपारा) मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ ।
यहाँ आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरी स्वच्छ खानेपानीको व्यवस्था गरिएको हो ।
गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरेको कार्यालय प्रमुख अमृत कँडेलले जानकारी दिए ।
उनका अनुसार करिब एक सय ५० जना क्षमताको आश्रयस्थल, दुई वटा सार्वजनिक शौचालय र खोप्राबाट बयलीतर्फ जाने भिरमा पाँच सय मिटर पदमार्ग निर्माण भएको छ ।
उक्त पदमार्गमा ढुङ्गा पनि बिछ्याइएको उल्लेख गर्दै कँडेलले करिब ६० मिटर पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको बताए ।
“गत वर्ष जडान गरिएको एक हजार ८०० मिटरको पाइपलाई जमिनभित्र गाडिएको छ । यसअघि निर्माण भएको सामुदायिक लजको भवनमा रङगरोगन र भल तर्काउने कुलेसो निर्माण भएको छ”, उनले भने ।
समुद्री सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्रामा योजना सञ्चालन गर्न पाउद्धार गाउँका मजदुर ४५ दिनसम्म त्यही बास बसेका थिए ।
गाउँबाट आवतजावत गर्न टाढा भएकाले २८ जनाले सम्बन्धित ठाउँमा बास बसेर साँझ बिहानको समयमा पनि काम गरेका उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताउनुभयो । गत वर्षपनि प्रदेश सरकारद्वारा प्राप्त रु १२ लाख बजेटबाट यहाँ पर्यटन पूर्वाधार निर्माण भएको थियो ।
स्थानीयवासीले खोपारा भन्ने यस स्थान पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको छ ।
सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्बाउन खोप्रालाई वैकल्पिक गन्तव्य बनाइएको छ ।
खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याम्प० भित्र पर्छ । गुराँसको जङ्गलको बीचमा पहाडको टाकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो ।
यहाँबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृष्य अवलोकन गर्न सकिन्छ ।
पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा खोपरा पर्न थालेपछि पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गरिएको अन्नपूूर्ण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?
-
सुदूरपश्चिम प्रदेश सरकारको ३३ अर्ब ४७ करोडको बजेटमा के–के विषय समेटिए ?
-
त्रिवि तोडफोडमा संलग्नलाई काठमाडाैँका सीडीओले सामान्य धरौटीमा छाडे
-
लिटिल मिस एन्जल र लिटिल मास्टर नेपालको उपाधि थापा र गुरुङलाई
-
गर्मी बढेपछि बर्दिबासका विद्यालय तीन दिन बन्द
-
बागमती सरकारले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट