निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको निष्पक्षता र जनविश्वासको कुरा गरे।
- आयोगको हीरक जयन्तीमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम राख्दै योगदानको प्रशंसा गरे।
- ओलीले आयोगलाई प्रविधिमैत्री बनाउन र सुझाव कार्यान्वयन गर्न सरकारले सहजीकरण गर्ने बताए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोकसेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन् । आयोगको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गरे । ‘नेपाल र नेपाली चाहनाअनुरूप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै आएको प्रविधिमैत्री र समयसापेक्ष बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।’
प्रधानमन्त्री ओलीले भने, ‘आयोगलाई थप साधन स्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले ध्यान उचित दिनुपर्छ । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।’
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवा पुस्तामा समेत विश्वासको वातावरण सृजना गरी राष्ट्र सेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण