सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

राजधानीको बूढानीलकण्ठमा दुई जना मृत अवस्थामा फेला, प्रहरीले अनुसन्धान अगाडि बढायो

आइतबार, ०१ असार २०८२, १४ : ४९
आइतबार, ०१ असार २०८२

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ स्थित पासिकोटमा एकै कोठामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ ३० राति करिब ९ः४० बजेको समयमा थ्रि–स्टार किड्स जोन स्कुलको कम्पाउण्डभित्र रहेको घरमा उनीहरू मृत फेला परेका हुन् । सो घर भारत, पञ्जाब चण्डीगढका परम नारायण गिल (५४) ले भाडामा लिएका थिए ।

उक्त घरको पहिलो तलाको बिचको कोठामा धादिङ गल्छी गाउँपालिका–६ घर भई त्यहीँ काम गर्दै आएकी अन्जना तामाङ (२८) सोफामा मृत फेला परेकी छिन्। उनको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ ।

सोही कोठाको भुइँमा परम नारायण गिल पनि मृत अवस्थामा फेला परेका छन्। उनको शरीरमा बाह्य चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट फलामको ह्यामर र  विषादी समेत फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरी टोलीले घटनास्थलको सुरक्षा गर्दै अनुसन्धानका लागि तालुक अधिकृतसहितको टोली खटाइसकेको छ। शवको प्रकृति परीक्षणसहितको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप