राजधानीको बूढानीलकण्ठमा दुई जना मृत अवस्थामा फेला, प्रहरीले अनुसन्धान अगाडि बढायो
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ स्थित पासिकोटमा एकै कोठामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ ३० राति करिब ९ः४० बजेको समयमा थ्रि–स्टार किड्स जोन स्कुलको कम्पाउण्डभित्र रहेको घरमा उनीहरू मृत फेला परेका हुन् । सो घर भारत, पञ्जाब चण्डीगढका परम नारायण गिल (५४) ले भाडामा लिएका थिए ।
उक्त घरको पहिलो तलाको बिचको कोठामा धादिङ गल्छी गाउँपालिका–६ घर भई त्यहीँ काम गर्दै आएकी अन्जना तामाङ (२८) सोफामा मृत फेला परेकी छिन्। उनको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ ।
सोही कोठाको भुइँमा परम नारायण गिल पनि मृत अवस्थामा फेला परेका छन्। उनको शरीरमा बाह्य चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट फलामको ह्यामर र विषादी समेत फेला परेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरी टोलीले घटनास्थलको सुरक्षा गर्दै अनुसन्धानका लागि तालुक अधिकृतसहितको टोली खटाइसकेको छ। शवको प्रकृति परीक्षणसहितको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण