सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

लुम्बिनीको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित

३ बजे बोलाइएको प्रदेश सभा बैठक सर्‍यो
आइतबार, ०१ असार २०८२, १६ : ४९
आइतबार, ०१ असार २०८२

दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्यसहित ६ वटा महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको छ ।

राप्ती उपत्यकाको देउखुरीमा आइतबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो । 

बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनु भएको छ ।

बैठकले “प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२“ लाई स्वीकृति दिएको छ । यस नियमावलीले प्रशासनिक सुधार र कार्यक्षमता बढाउने विश्वास लिइएको छ । बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्डमा गरिएको पहिलो संशोधनलाई पनि बैठकले पारित गरेको छ ।

यसका साथै, प्रदेश सञ्चित कोषबाट खर्च र विनियोजन सम्बन्धी विधेयक, र आर्थिक प्रस्ताव कार्यान्वयन गर्न आवश्यक  विधेयकको मस्यौदालाई पनि प्रदेश सभामा पेस गर्न स्वीकृति दिइएको छ।

त्यस्तै, “सामयिक कर असुली ऐन, २०८२” अन्तर्गत जारी गरिएको सूचित आदेशलाई पनि बैठकले अनुमोदन गरेको छ । ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक बजेका लागि सरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप