खाली सिलिन्डरभित्र ८३ हजार क्याप्सुल ट्रामाडोल, कुलेश्वरबाट दुई जना पक्राउ
आइतबार, ०१ असार २०८२, १७ : ५७
काठमाडौँ । प्रहरीले काठमाडौँको कुलेश्वरबाट ८२ हजार ९ सय क्याप्सुल ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार राति भारतीय गाडीमा ल्याएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
भारतीय नम्बर यूपी–७८ सिबी ९८३५ नम्बरको कारमा खाली सिलिन्डर भित्र लुकाएर ल्याएको लागुऔषध बरामद गर्न काठमाडौँका एसएसपी विश्व अधिकारी आफैँ घटनास्थलमा पुगेका थिए । लागुऔषध ओसारपसारमा संलग्न नुवाकोटको पञ्चकन्या गाउँपालिका घर भएका २६ वर्षीय राजु मिजार र २४ वर्षीया मिना मगरलाई प्रहरीले पक्राउ गरेको छ । राजु मिजार विरुद्ध यसअघि पनि ३ पटक लागुऔषध सम्बन्धी कसुरमा मुद्दा चलेको प्रहरीको अभिलेखबाट देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण