एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक तथा काङ हाइड्रोपावर कम्पनी बीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
एनएमबि बैंक लि.को तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर पश्चात एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गरे ।
सोही कार्यक्रममा एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सिमा भित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखि सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे ।
गणेश प्रसाद सुब्बाले एनएमबि बैंक लि.लाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा