सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

‘बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियाेजन गरिएन’

सोमबार, ०२ असार २०८२, १५ : १५
सोमबार, ०२ असार २०८२

काठमाडौँ । सांसद उदय शमशेर जबराले गत असोजको दोस्रो साता आएको बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियोजन नभएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

‘गत असोजको दोस्रो साता आएको बाढीले बागमती प्रदेशमा ठुलो क्षति गरेको थियो । यसको लागि बजेटको स्रोत सुनिश्चित भएको थियो । विदेशी श्रमसमेत लिएका थियौँ,’ उनले भने,।‘निजी आवास बाहेक लाइन मिनिस्ट्रले गर्ने भनेको छ । तर यी योजनाको कुनै मन्त्रालयको बजेटमा देखिएको छैन ।’

साथै निजी आवास सम्बन्धित प्राधिकरणले पुनर्निर्माण गर्ने भनिएको तर हाल के कति निर्माण भयो भएन त्यसतर्फ ध्यान नभएको बताए । ‘पीडितको नाममा दिएको बजेट पीडितलाई नदिएर कहाँ पुगेको छ ? पीडितलाई ल्याएको पैसा अर्को ठाउँमा लग्न पाइँदैन ।’

साथै उनले आगामी बजेटमा तिन करोडको सिलिङ मेन्टेन हुन नसकेको तर्क गरे । उनले भने,‘किन हुन सकेन अर्थमन्त्रीले स्पष्ट पार्न जरुरी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप