शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
त्रिदेशीय शृङ्खला

सन्दीपको शानदार बलिङ, नेपालसामु १ सय ५३ रनको लक्ष्य

सोमबार, ०२ असार २०८२, २१ : २२
सोमबार, ०२ असार २०८२

सारांश

  • नेदरल्याण्ड्सले नेपाललाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ। नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १५२ रन बनायो।
  • तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए भने सकिब जुल्फिकरले अविजित २५ रन जोडे।
  • सन्दीप लामिछानेले ३ विकेट लिए, नन्दन यादवले २ विकेट लिए, र ललित राजबंशी र कुशल भुर्तेलले १-१ विकेट लिए।

ग्लास्गो । त्रिदेशीय शृङ्खलामा नेदरल्याण्ड्सले नेपालसामु जितका लागि १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको हो ।

टोलीका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा १ छक्का हिर्काए । सकिब जुल्फिकरले नटआउट रहँदै १२ बलमा २५ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

विक्रमजीत सिंहले २९ बलमा ३० रन जोडे । उनले २ छक्का प्रहार गरे । त्यस्तै, ओपनर माइकल लेभिटले १६ बलमा १ चौका र १ छक्काको मद्दतले २० रन बनाए ।  अर्का ओपनर म्याक्सको डाउडले ११ बलमा १९ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । ज्याच लायन क्याचेटले ८ बलमा ११ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर ३ विकेट लिए । नन्दन यादवले २ विकेट तथा ललित राजवंश र कुशल भुर्तेलले १–१ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप