विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आंशिक सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ।
- आयोगले विकल पौडेलसहितका व्यक्तिहरूले सामान खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएको थियो, जसमा विशेष अदालतले आंशिक सफाइ दिएको थियो।
- आयोगले खरिद प्रक्रियामा अनियमितता, गुणस्तरहीन सामग्री खरिद, र बिना काम भुक्तानी गरेको आरोप लगाएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट आएको आंशिक सफाइविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले विकल पौडेल, नविन कुमार पोखरेल, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, राम बहादुर बुढा र शिरीष उपाध्यायसहितका प्रतिवादीहरूले सुरक्षा मुद्रण केन्द्रका लागि सामान खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो।
आयोगका अनुसार, खरिद प्रक्रियामा अस्वाभाविक लागत अनुमान तयार गरिएको, गुणस्तरहीन ट्रान्सफर्मर आपूर्ति गरिएको, सम्झौताको शर्त विपरीत अन्य देशका सामग्री स्वीकार गरिएको, कार्य नगरीकनै भुक्तानी गरिएको तथा औचित्य पुष्टि नहुने सामग्री खरिद गरिएको थियो।
उक्त कार्यमा संलग्न ठहर गर्दै आयोगले विकल पौडेलका नाममा झन्डै ६९ करोड ८ लाख, नविन पोखरेलको हकमा ४९ करोड ४६ लाख, रमेश पोखरेलको हकमा २० करोड ३८ लाख, मनिक मान महर्जनको हकमा ३ करोड ४४ लाख, राम बहादुर बुढाको हकमा १९ करोड ८८ लाख र शिरीष उपाध्यायको हकमा ४० करोडभन्दा बढी बिगो कायम गरेको थियो।
तर विशेष अदालतले २०८१ साल जेठ ८ गते आंशिक सफाइ दिएकोमा आयोगले असहमति जनाउँदै सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण