आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई आगामी बजेटले अनुसरण गरेको दाबी गरेका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
‘त्यस सम्बन्धमा स्पष्ट गर्न चाहन्छु । तीन करोडभन्दा कम नगर्ने भन्ने आगामी आर्थिक वर्षका लागि जोड दिइएको हो । तर चालु वर्षमा भुक्तानी दायित्व सिर्जना भएकामा आयोजनामा भुक्तानी गर्ने की नगर्ने ? उनले भने,‘चालु वर्षमा सुरु भएको छ आगामी वर्षमा सकिँदै छ । त्यस्ता आयोजनामा तीन करोडभन्दा कम छुट्याएका हौँ ।’
सिर्जित दायित्व भुक्तानी गर्न, विपद्को पुनः निर्माणमा पनि तीन करोडभन्दा कम बजेट विनियोजन गरेको उनले दाबी गरे । यस्तै सङ्घीय सरकारको एकल सूचीमा छ जुन प्रदेश र पालिकाले निर्माण गर्न पाउँदैन त्यस्ता आयोजनामा तीन करोडभन्दा कम बजेट विनियोजन गरेको बताए ।
‘यो नीतिसँग अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग लामो छलफलबाट कार्यान्वयनका लागि अघि बढेकाले सबै मन्त्रालयले विनियोजन गर्दा पालना गरेका छन् भन्नेमा विश्वस्त छु । सङ्घले पालिका र प्रदेशलाई हस्तान्तरण गरेका आयोजनामा तीन करोडभन्दा कम विनियोजन भएको हुनसक्छ । स्वाभाविक हो ,’ उनले भने,‘प्रदेश र पालिकालाई लाग्दैन सङ्घीय सरकारले कार्यान्वयन गर्ने आयोजनामा छैन ।त्यति हुँदा पनि कहि कैफियत छ भने बजेटको मार्गदर्शन तयार गर्दा सङ्घीय सरकारबाट तीन करोडभन्दा कमका आयोजना कार्यान्वयन हुँदैनन् भन्ने बाटोतर्फ जान्छौँ ।’
तीन करोडभन्दा कमका आयोजनाको सीमा ठुलो मेहनतले आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण